स्वास्थ्य सामाग्री खरीद अनियमिततामा रक्षा मन्त्री पोखरेल पनि तानिए

स्वास्थ्य सामाग्री खरीद अनियमिततामा रक्षा मन्त्री पोखरेल पनि तानिए

  • बुधबार, असार ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

असार ३१ काठमाडौँ । लकडाउन सुरु भएलगत्तैको स्वास्थ्य सामग्री खरिद अनियमितताको छानबिनमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल समेत तानिएका छन् ।
खरिदमा संलग्न प्रमुख तीन अधिकारीले पोखरेल नेतृत्वको कोरोना भाइरस नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्देशनअनुसार सामाग्री हतारमा किनेको भन्ने जवाफ दिए पछि सार्वजनिक लेखा समितिले उनीलाई समेत छलफलमा बोलाउने निधो गरेको छ ।
तर समितिले समय तोकेर मन्त्री पोखरेललाई बोलाईसकेको भने छैन ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकाल यसअघि नै औषधि खरिदको अनियमिततामा जोडिएका छन् ।
कागजी रूपमा नीतिगत निर्णयमा मात्रै संलग्न भएका उपप्रधानमन्त्री पोखरेललाई मंगलबार भएको लेखा समितिको बैठकमा प्रमुख तीन अधिकारीको बयानका आधारमा बोलाउने निधो भएको समितिका एक सदस्यले जानकारी दिए ।
लेखा समितिको बैठकमा हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका तत्कालीन स्वास्थ्य सचिव यादव कोइरालाले गत चैत ११ गते उच्चस्तरीय समन्वय समितिबाट निर्देशन प्राप्त भएअनुसार प्रक्रिया अघि बढेको बताएका थिए ।

रातारात ओम्नी समुहलाई स्वास्थ्य सामाग्री खरीदको जिम्मा दिनुका साथै प्रचलित बजार मुल्य भन्दा महंगोमा खरीद भए पछि त्यसको चौतर्फी बिरोध भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ