एल.एस. न्यूरो एण्ड जेनरल अस्पतालले उपचारको नाममा सर्वसाधारणलाई ठग्दै !

एल.एस. न्यूरो एण्ड जेनरल अस्पतालले उपचारको नाममा सर्वसाधारणलाई ठग्दै !

  • बुधबार, असार ३१, २०७७
  • दिपक चौरसिया

  • 15K
    SHARES

दिपक चौरसिया वीरगन्ज (पर्सा), ३० असार । वीरगन्जमा विरामी उपचारको नाममा केहि निजी अस्पतालले लुटतन्त्र मच्चाएका छन् । उपचारका लागि आएका विरामीहरुसँग मनोमानी ढँगबाट रकम असुली गरि रहेका छन् ।

कोरोना संक्रमणको बेला नारायणी अस्पताललाई कोबिड अस्पताल बनाएपछि निजी अस्पतालतर्फ धाउन बाध्य भएका सर्वसाधारणहरुलाई अहिले यहाँका निजी अस्पतालले सकेसम्म सर्वसाधारणसँग पैसा असुल्ने गरेको तथ्य सार्वजनिक भएको छ ।

साधारणतया टाउकोमा चोट लागि उपचारका लागि वीरगन्ज महानगरपालिका वडा नं. ८ पानीटंकी स्थित रहेको एल.एस. न्यूरो एण्ड जेनरल हस्पिटल प्रा.लि.मा आएका एक व्यक्तिसँग अस्पतालले एक दिनमा २० हजार रुपैया असुली गरेको छ । सडकमा लडेर टाउकोमा चोट लागेका ६ वर्षीय बालकलाई उपचार गराउन आउँदा एक दिनमा २० हजार रुपैया तिर्नु परेको विरामीका आफन्तले बताएका छन् ।

बारा जिल्लाको महागढीमाई नगरपालिका बरियारपुर स्थित घर भई शनिबार विहान सडकमा खसेर टाउकोमा चोट लागि जाँच गराउन आइतबार दिउँसो ३ बजे अस्पताल पुगेका ६ वर्षीय बालकलाई आई.सि.यू. कक्षमा राख्नुपर्ने भन्दै अस्पतालले भर्ना गरेको थियो । मोटरसाइकलमा बसेर आफै अस्पतालसम्म पुगेका बालकलाई आई.सि.यू.मा भर्ना गराई सिटि स्केन गर्नुका साथै सम्पूर्ण शरिरको चेकजाँच गर्नुपर्छ भन्दै अन्धाधुन्ध बिल बनाएका अस्पतालले आइतबार दिउँसो ३ बजेदेखि सोमबार दिउँसो ३ बजेसम्ममा २० हजार रुपैया बुझि सक्यो ।

अस्पतालले एउटा साधारण प्यान बिल काटेर हातले विभिन्न शिर्षकमा लागेको खर्चको विवरण लेखि विरामीका आफन्तलाई थमाइदियो । एक दिनको बिल हेर्ने वित्तिकै आफन्तले चकित पर्दै साधारण चोटपटक लागेको बच्चालाई यति खर्च कसरी लाग्यो भन्दा डाक्टरसाबले जे जे भन्नुभएको छ, त्यो सबै चेकजाँचको पैसा रहेको भन्दै बेतुकको जवाफ पाएकाे बताए ।

अस्पतालले दिएको हातले लेखेको बिललाई हेरेर नै प्रष्ट हुन्छ कि उपचारको नाममा कतिको लुटतन्त्र छ ? अस्पतालले दिएको रसिदमा आई.सि.यू. कक्षको शुल्क रु ५ हजार, डाक्टर राउण्ड शुल्क रु १ हजार ५ सय, एडमिशन शुल्क रु ५ सय २५ रुपैया, नर्सिङ्ग शुल्क रु ४ सय, ल्याब शुल्क रु ५ हजार ४५ रुपैया, अर्को डाक्टर (जसले भर्ना गर्यो) शुल्क रु १ हजार, एक्सरे चार्ज रु ४ सय २० रुपैया, एन.सि.सि.टि. अफ ब्रेन शुल्क रु ४ हजार २ सय, इमर्जेन्सी टिकट रु ३ सय २५ रुपैया गरि रु १८ हजार ४ सय १५ रुपैयाको रकम उल्लेख छ । अस्पतालकै रसिद अनुसार अन्य निजी अस्पताल भन्दा सबै शुल्कमा डेढ देखि दुई गुणासम्म शुल्क बढि लिइएको देखिन्छ ।

 

वीरगन्जको कुनैपनि निजी अस्पतालमा एक दिनको आई.सि.यू. शुल्क रु ५ हजार छैन, २ हजार ५ सयदेखि ३ हजारसम्म छ । ल्याब शुल्क कुन शुल्क हो भन्ने अस्पतालसँग पनि चित्त बुझ्दो जवाफ छैन । ल्याब शुल्कको बारेमा बुझ्दा पुरै शरिर चेकजाँच गरे वापत शुल्क लिइएको बताउँछन् । चोट लाग्यो टाउकोमा त सिटि स्कयान्सम्म ठीक छ, पुरै शरिर किन चेकजाँच गर्नुपर्यो ? भनेर सोध्दा पुरै शरिर चेकजाँच विना औषधी कसरी चलाउने ? भन्ने जवाफ दिएकाे परिवार बताउछन् । यस्ता विविध बहानामा अस्पतालले गरिब, असहाय परिवारलाई ठगी रहेका छन् । अस्पतालमा चेकजाँच गराउन आउँदा ठेगाना हेर्ने वित्तिकै यि व्यक्तिबाट कतिसम्म पैसा असुल गर्न सकिन्छ भन्ने यकिन गरेर विभिन्न योजना बनाउँदै ठग्न सक्रिय छन् यस्ता अस्पतालहरु । यो त उदाहारण मात्रै हो, यहाँ अधिकाँश निजी अस्पतालले विरामी उपचार भन्दा पनि कमाउ धन्दालाई प्रशय दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ