विराटनगर असार ३१ । जनमुक्ति सेना नेपालका पूर्व ब्रिगेड कमाण्डर तथा हाल विप्लव नेतृत्वको नेकपाका नेता नन्द बहादुर बोहरा पक्राउ परेका छन् । मोरङको उर्लाबारी नगरपालिका–३ बाट प्रहरीले बोहरालाई मंगलबार दिउसो पक्राउ गरेको हो ।
उनी घरैमा बसिरहेका बेला पक्राउ गरेको पारीवारीक स्रोतले जनाएको छ । कालीकोट स्थायी घर भएका बोहरा जनयुद्धपछि मोरगंमा बस्दै आएका थिए ।
उनी जनयुद्धमा पूर्वमा खटिएका थिए । प्रहरीले विप्लव नेतृत्वको सैन्य कमाण्डर भएको भने पनि बोहरा बारे नेकपाले आधिकारुीक धारणा सार्वजनिक गरेको छैन ।
उनलाई जिल्ला पहरी कार्यलय मोरगंको हिरासतमा राखिएको छ ।
बोहरा बिरुद्ध मोरगं, सुनसरी, भोजपुर, संखुवासभा, झापा, लगायतका जिल्लामा गरी ८ वटा मुद्धा रहेको प्रहरीले जनाएको छ ।
यी हुन् बोहरालाई लगाईएका ८ मुद्धाहरुः
१) जिल्ला मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं १ स्थित पुर्व पश्चिम लोकमार्गको
दक्षिण साईट पानीटंकी छेउमा मिति २०७४/१२/११ गते अं ०४:५० बजे सुतली बम राखेको
।
२) मिति २०७६/०२/१३ गते अं ०४:४५ बजे मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिका
वडा नं ७ ठडिया स्थित दिपशिखा माछा घर अगाडी पाथिभरा टोल पुर्व- पश्चिम राजमार्ग
दक्षिण किनारमा भएको बिजुलीको पोल नजिकै प्रेशर कुकर बम राखेको ।
३) मिति २०७६/१०/०५ गते जिल्ला मोरङ मिक्लाजुङ्ग गा.पा. वडा नं १ साकेलाथान
स्थित किसानचौक टाडी- रमिते -आईतबारे सडकखण्डमा निर्माण कार्यमा प्रयोग भएका ३
वटा स्काभेटरमा बम बिस्फोटन गराई आगो लगाई क्षेती पुर्याएको घटना ।
४) मिति २०७६/१०/१० गते अं २१:१३ जि. मोरङ केरावारी गा.पा. वडा नं १० स्थित
केरावारी गाउपालिकाको कार्यालयमा र मिति २०७६/१०/१२ गते अं साझ १८:३० बजे
जिल्ला मोरङ केरावारी गा.पा. वडा नं २ स्थितमा रहेको NCELL टावरमा बम बिस्फोटन
गराएको घटना ।
५) मिति २०७६।०५।२३ गते रातीको ००:३० बजे जिल्ला झापा बिर्तामोड न.पा. वडा नं.
२ चारपाने चौक उत्तर पट्टि रहेको साहरा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको
केन्द्रिय कार्यालय निर्माणधिन भवनको कम्पाउण्ड वाल र गार्ड रुमको बिचमा प्रेशर कुकर बम
बिष्फोट गराएको घटना ।
६) मिति २०७६।०५।२० गते बिहानको राती २४:३० बजेको समयमा जि. सुनसरी ईटहरी
उ.मन.पा वडा नं. ९ स्थितमा रहेको सुष्मा गोदावरी स्कुलको कम्पाउण्डमा रहेको पर्खालमा
अज्ञात मानिसहरुले प्रेसर कुकर बम विष्फोट गराएको घटना ।
७) मिति २०७६/०५/२० गते बिहानको राती ००:३० बजेको समयमा जिल्ला सुनसरी धरान
उप-महानगरपालिका वडा न-१९ स्थित बि.पि. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरान,
घोपाको कम्पाउण्ड भित्र रहेको दिल्ली पब्लिक स्कुलको गेटमा बम बिष्फोटन गराएको ।
८) भोजपुर जिल्ला तथा संखुवासभा जिल्लामा हातहतियार सम्बन्धि विभिन्न घटनामा समेत संलग्न रहेको ।
स्रोतः मोरगं प्रहरी प्रवक्ता डिएसपी मान बहादुर राई