बालुवाटारमा ओली प्रचण्ड भेट, के के भयो कुरा ?

बालुवाटारमा ओली प्रचण्ड भेट, के के भयो कुरा ?

  • मङ्लबार, असार ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

असार ३० काठमाण्डौं । नेकपा भित्र मत्थर हुदै गएको आन्तरीक संकट किनारा लगाउने बिषयमा दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच आज पुनः भेट भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको छलफलमा सहमतिको विकल्पबारे कुराकानी भएको बताईएको छ ।
असार १० मा शुरु भएको स्थायी समितिको बैठकमा प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम सहित ३० बढी स्थायी समिति सदस्यले दुबै पदबाट राजीनामा मागे पछि र आफूले कुनै हालतमा राजीनामा नदिने अडानमा रहे पछि फुटको संघारमा पुगेको नेकपा पुनः एकता बचाउन संघर्षरत रहेको छ ।

ओलीले प्रधानमन्त्री पदमा कायम रहने गरी कुनै विकल्पमा सहमतिको प्रयास भईरहेको सेतको दाबी छ ।
प्रचण्ड माधव पक्ष समेत पार्टी विभाजन गर्नु हुन्न भन्ने तल्लो तहको दबाबका कारण र पार्टी फुटाएको अपजस लाग्ने भएकाले मध्यमार्गी सहमतिको विकल्पतर्फ जुटेको दाबी स्रोतको छ ।
यसै पृष्टभूमिमा प्रचण्ड र ओलीबीच आउने बिहिबार पुनः छलफल हुने जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ