सरकार र वित्तीय बैङ्कहरूको रबैया पार्टीले टुलुटुलु हेरेर बस्दैनः प्रकाण्ड

सरकार र वित्तीय बैङ्कहरूको रबैया पार्टीले टुलुटुलु हेरेर बस्दैनः प्रकाण्ड

  • सोमवार, असार २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

२९ असार काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले बाढीपहिरोपीडित जनताको उद्धार, राहत र सेवामा जुट्न नेता–कार्यकर्ताहरूलाई विशेष निर्देशन दिएको छ ।
नेकपाका प्रवक्ता प्रकाण्डले प्राकृतिक प्रकोपमा परी अकालमा ज्यान गुमाएकाहरूप्रति पार्टीका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै बाढीपहिरोपीडित जनताको उद्धार, राहत र सेवामा जुट्न पार्टीका नेता–कार्यकर्ताहरूलाई विशेष निर्देशन दिनुभएको हो ।
साथै बाढीपहिरोमा परी बेपत्ता भएका जनताको शीघ्र उद्धार तथा वास्तविक अवस्था सार्वजनिक गर्न, घाइतेहरूको निःशुल्क, उचित उपचारको व्यवस्था गर्न, मृतकका आफन्त एवम् पीडित जनतालाई पर्याप्त राहतको व्यवस्था गर्न र घरवारविहीन जनताको पुनर्बासको व्यवस्था गर्न सरकारसँग जोडदार माग पनि गर्नुभएको छ ।
प्रकाण्डद्धारा जारी विज्ञप्तिमा ‘विगत ४ महिनादेखि कोरोना भाइरसको महामारी र त्यसको रोकथामका निम्ति अवलम्बन गरिएको बन्दाबन्दी (लकडाउन) बाट सङ्कटग्रस्त बन्न पुगेको नेपाली अर्थतन्त्रको डरलाग्दो मार देशको उद्योग, व्यापार र व्यावसायिक क्षेत्रमा पर्न गएको पनि उल्लेख छ ।

कोारेना र प्राकृतिक विपतीका समयमा सरकारले जारी गरेको ‘कर असुली फरमान’ र बैङ्कहरूले ब्याज असुल गर्न थोपरेको थप ‘ऋण प्रपञ्च’ राष्ट्रिय उद्यमी, व्यवसायी र व्यापारीहरूका निमित्त थप सङ्कटपूर्ण अवस्थाको कारण बन्न गएको जनाउदैँ विज्ञप्तिमा भनिएको छ, यो आपत्तिजनक र खेदजनक कार्यलाई सरकार र वित्तीय बैङ्कहरूले तत्काल स्थगित गरी बन्दाबन्दीको अवस्थामा सहुलियत ब्याजदर, व्यापार, व्यवसाय सुचारु भएर पुँजी परिचालित हुन थालेपछि कर र ब्याज बुझाउने व्यवस्था गर्न सरकार र वित्तीय बैङ्कहरूलाई पार्टी गम्भीर अपिल गर्दछ ।
अन्यथा कोरोना भाइरस र बन्दाबन्दीले थलापरेका राष्ट्रिय उद्योगी, व्यवसायी र व्यापारीहरूको घाउमा नुनचुक छर्ने सरकार र वित्तीय बैङ्कहरूको रबैया पार्टीले टुलुटुलु हेरेर बस्न नसक्ने कुरासमेत समयमै अवगत गराउँछ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ