कृषि विकास बैंकप्रति आकर्षण बढ्दै, जलपरी गौरिका सिंहले खोलिन् अनलाईनबाटै खाता

कृषि विकास बैंकप्रति आकर्षण बढ्दै, जलपरी गौरिका सिंहले खोलिन् अनलाईनबाटै खाता

  • आइतवार, असार २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 21.1K
    SHARES

काठमाडौं, २८ असार । अनलाईन बैंकिङ सेवा सुरु गरेसँगै कृषि विकास बैंकप्रति नागरिकको आकर्षण बढ्दै गएको छ । नेपालका सरकारी बैंकहरु मध्ये विद्युतीय बैंकिङ्गका सेवा अधिक प्रयोग गरीरहेको बैंकले यहि असार ५ गतेबाट अनलाइनबाट खाता खोल्ने प्रणाली संचालनमा ल्याएको थियो ।
निजी क्षेत्रको भन्दा वढी विश्वसनीय रहेका सरकारी बैंकहरु मध्ये पछिल्लो समय कृषि विकास बैंकले आप्mना कारोवारहरुलाई डिजिटाइजेसन गरी रहेको छ । अनलाइनबाट खाता खोल्ने प्रविधि ल्याएसँगै कृषि विकास बैंकमा सर्वसाधारण नागरिकदेखि खेलाडि तथा बिभिन्न क्षेत्रका प्रतिस्ठित व्याक्तिहरुले समेत अनलाईनबाटै खाता खोलीरहेको सो बैंकले जनाएको छ । देशभित्रबाट मात्रै हैन अहिले बिदेशबाट समेत अनलाईन खाता खोलीरहेका जनाईएको छ । बैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपाली तथा युवा युवतीहरुको यसमा विशेष आकर्षण रहेको छ ।
यसैक्रममा नेपालकी प्रख्यात पौडिवाज गौरिका सिंहले पनि अनलाईनबाट कृषि विकास बैंकको ठमेल शाखामा खाता खोलेकी छन् । यो प्रविधिको विकास गरे पश्चात् खाता खोल्ने प्रणाली तथा प्रक्रियामा समेत सरलिकरण भएकाले ग्राहकको संख्या बढेको छ ।
बैंकको सधै भिडभाड रहने ग्राहक सेवा फाँटमा गई खाता खोल्नु पर्ने झञ्झट तथा कोरोनाको संक्रमणबाट समेत वच्न सकिने भएकोले पनि यो प्रणाली दिन प्रतिदिन लोकप्रिय भइ रहेको छ । जलपरी गौरिकाले विदेशबाट खाता खोली कारोवार गर्ने मनसाय राखेकोले कृषि विकास बैंकले उनलाई धन्यवाद समेत दिएको छ । बेलायतमा बस्दै आएकी गौरिकाले १३ औं दक्षिण एशियाली खेलकुदमा चार स्वर्ण सहित ९ पदक जितेकी थिएन् ।

देशभर २ सय ७८ शाखा सञ्जाल, एटीम सुविधा भएको कृषि बिकास बैंक ५ दशकदेखि कृषि तथा बैंकिङ दुबै क्षेत्रमा स्थापित र विस्वसनीय बैंकको रुपमा रहदै आएको छ ।

कृषि विकास बैंक लिमिटेडमा अनलाइन खाता खोल्न तलको याे लिंकमा क्लिक गरी खोल्न सकिन्छ ।

याे पनि ।

अब कृषि बिकास बैंकमा अनलाईनबाटै शुन्य मौज्दादतमा खाता खोल्न सकिने

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी