असार ९ काठमाण्डौं ।
नेपालको पछिल्लो समय निकै सफल र उत्कृष्ट बैंकको रुपमा अघि बढीरहेको कृषि बिकास बैंकले कोरोना भाईरस ( कोभिड–१९ ) को महामारीका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै तथा आधुनिक प्रविधि मैत्री डिजिटल कारोबारमा जोड दिदै घरमै बसी बसी शुन्य मौज्दातमा खाता खोल्न सक्ने थप सुविधा ल्याएको छ ।
यस अघि देखिनै कृषि विकास बैंक लिमिटेडका सेवाहरु विविधिकरण गरी आधुनिक तथा नयाँ ग्राहक आकर्षित गर्दै व्यवसाय विस्तार गर्न यस बैंकले आक्रामक रणनीति अनुसार कारोबारलाई डिजिटलाईज गर्दै लगेको छ ।
प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बैंकको नेतृत्व सम्हाले पछि अझ प्रविधि मैत्री बनाउदै लगिएको छ ।
पछिल्लो पटक प्रविधिको विकाससँगै ग्राहकलाई प्रदान गर्ने सेवा सुविधामा सरलीकरण गर्न र बैंकले प्रदान गर्ने सेवालाई समय सापेक्ष र ग्राहक मैत्री बनाउदै बैकिङ्ग कारोवारको दायरा फराकिलो वनाउन विद्युतीय उपकरणको प्रयोग गरी अनलाइनबाट खाता खोल्ने प्रणाली सुरु गरेको छ ।
उक्त प्रणालीको असार ५ गते शुक्रबार बैंक संचालक समितिका अध्यक्ष लक्ष्मी प्रपन्न निरौला र प्रमुख कार्यकारी अधिृकत अनिल कुमार उपाध्यायले संयुक्तरुपमा उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा बैंकका उप–महाप्रवन्धकहरु प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने, दीर्घ वहादुर अर्याल र धु्रवचन्द्र गौतम लगायत विभागीय प्रमुखहरु एवं बजार तथा शाखा व्यवस्थापन विभागका कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।
अनलाईनबाट खाता खोल्ने प्रणालीको शुरुवात पश्चात देश विदेशमा रहेका नेपालीहरुले अनलाईनबाटै खाता खोल्ने फारम भरी आवश्यक कागजात अपलोड गरी शुन्य मौज्दातमा खाता खोल्न सक्ने छन् । यसबाट स्वदेश तथा विदेशमा रहेका नागरीकले आप्mनै घर÷कार्यालयमा बसि बैंक खाता खोल्न सक्ने व्यवस्थाको सुरुवात गरेको बैंकले जनाएको छ ।
बैंकले विकास गरेको प्रविधि अन्य बैंकले प्रयोग गरेको भन्दा अत्याधुनिक र सरल रहेको एंव खाता खोल्नको लागि बैंकको वेभसाईटमा आवश्यक लिंक तयार गरी राखिएको हुँदा उक्त लिंकमा पहुँच गरी खाता खोल्न सक्ने व्यवस्था मिलाएको बजार तथा शाखा व्यवस्थापन विभागका विभागीय प्रमुख अजय कुमार रिमालले वताए । सरकारी बैंकहरुमा अनलाईनबाट खाता खोल्न सुविधा दिने पहिलो बैंक भएको राय समेत उनले व्यक्त गरेका छन् ।
कृषि विकास बैंक लिमिटेडमा अनलाइन खाता खोल्न तलको लिंकमा क्लिक गरी खोल्न सकिन्छ । देशभर २ सय ७८ शाखा सञ्जाल, एटीम सुविधा भएको कृषि बिकास बैंक ५ दशकदेखि कृषि तथा बैंकिङ दुबै क्षेत्रमा स्थापित र विस्वसनीय बैंकको रुपमा रहदै आएको छ ।
अनलाइन खाता खाेल्नका लागि यहाँ क्लिक गर्नुहाेस । बैककाे बारेमा थप जानकारी लिन यहाँ क्लिक गर्नुहाेस् ।