नेपालको नयाँ नक्सा बनाउन प्रधानमन्त्री ओलीलाई आफूले निर्देशन दिएको प्रचण्डको दाबी

नेपालको नयाँ नक्सा बनाउन प्रधानमन्त्री ओलीलाई आफूले निर्देशन दिएको प्रचण्डको दाबी

  • आइतवार, असार २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.4K
    SHARES

असार २८ चितवन । नेकपाका अध्यक्ष प्रचण्डले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको नयाँ नक्सा बनाउन आफूले नै प्रधानमन्त्री ओलीलाई निर्देशन दिएको दाबी गरेका छन् ।
अहिले पार्टी भित्रैबाट प्रचण्ड सहितका नेताले प्रधानमन्त्रीको राजीनामा मागिएको बिषयमा सडकमा दलाल, राष्ट्रघाती जस्ता नारा पार्टीकै कार्यकर्ताले लगाएकोमा आक्रोसित हुदै प्रचण्डले यस्ता गतिविधि नगर्न कार्यकर्तालाई निर्देशन पनि दिए ।
आज चितवनमा बोल्दै भारतले नक्शा प्रकाशित गरेपछि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्शा तत्काल नेपालले प्रकाशित गर्नुपर्छ भनेर पार्टी स्थायी कमिटीबाट सर्वसम्मत निर्णय गराएको प्रश्न गरे, के यो लम्पसारबाद् हो ?
हामी सबै मिलेरै नाकाबन्दीको सामना गरेको हो । हामी सबै मिलेरै नक्शा बनाएको हो । के को राष्ट्रवाद जिन्दावाद र मूर्दावादको कुरा ? प्रचण्डले प्रश्न गरे ।
यस अघि हिजो बोल्दै प्रचण्डले पार्टीलाई धैर्य गरेर आफूले फुटबाट जोगाउन र एकता कायम गर्न लागि परको बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ