समाजवादी पार्टीबाट निष्कासित सांसद सरिता गिरीद्वारा सर्वोच्च अदालतमा रिट दायर

समाजवादी पार्टीबाट निष्कासित सांसद सरिता गिरीद्वारा सर्वोच्च अदालतमा रिट दायर

  • आइतवार, असार २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडौँ, २८ असार । आफ्नो हक अधिकार खोसेको भन्दै समाजवादी पार्टीबाट निष्कासित सांसद सरिता गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् ।

समाजवादी पार्टीको केन्द्रीय समितिले गर्नुपर्ने निर्णय केन्द्रीय कार्यकारिणी कमिटीले गरेर आफुमाथि अन्याय गरेकाे भन्दै उनले सर्वोच्च अदातलमा रिट दायर गरेकी हुन् ।

गिरीको रिट निवेदनमा दलसम्बन्धि कानुनमा केन्द्रीय कमिटीले मात्रै सांसद फिर्ता लिने अधिकार रहेकेामा पुनः सुनुवाइको मौका नदिइकन पद खारेज गरिदिएको भन्दै केन्द्रीय समिति बैठक नबसिकन गरिएको निर्णय मान्य नहुनेउल्लेख रहेकेा  सर्वोच्च अदालतका प्रेस विज्ञ किशोर पौडेलले जानकारी दिए ।

उनले संविधान संशोधन विधेयकमा आफूले राखेको संशोधन प्रस्ताव फिर्ता लिने समय हुँदाहुँदै पनि आफूलाई संसदमा बोल्न नदिएको दाबी गरेकी छन् । रिट निवेदनमा प्रतिनिधिसभा, संघीय संसद सचिवालय, सभामुख अग्निप्रसाद सापकोटा, संसदका महासचिव भरतराज गौतम, निर्वाचन आयोग, तत्कालिन समाजवादीका अध्यक्ष उपेन्द्र यादव, जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुर, तत्कालिन समाजवादीका प्रमुख सचेतक उमाशंकर अरगरिया, समाजवादीको छानबिन कमिटी संयोजक रामसहायप्रसाद यादव, गिरीको सट्टामा सांसद बन्ने समानुपातिक सूचीमा रहेकी लिला सिटौलालाई विपक्षी  बनाइएकाे छ।

गिरिलाइ समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणीको निर्णयअनुसार संघीय संसद प्रतिनिधिसभा सदस्य पदबाट असार २५ गते बिहीबार निष्कासन गरिएकाे थियाे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ