रुपन्देहीमा आइतबारदेखि एसी बस सञ्चालन तयारी

रुपन्देहीमा आइतबारदेखि एसी बस सञ्चालन तयारी

  • शनिबार, असार २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.1K
    SHARES

रुपन्देही, २७ असार । कोरोनाको रोकथाम र नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण लामो समयसम्म थन्किएका लुम्बिनी मेट्रो सिटी प्रालिका एसी सुविधासहितका बस आइतबारदेखि सञ्चालनको तयारी गरिएको छ । गृह मन्त्रालयले छोटो दूरीका यातायात सञ्चालन गर्न अनुमति दिएपछि प्रालिले सुरक्षा सतर्कता अपनाएर सवारी साधन सञ्चालन गर्न लागेको हो ।
प्रदेश नं ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सङ्घीय भौतिक पूर्वाधार तथा विकास मन्त्रालयसँग समन्वय गरी आइतबार अपराह्नदेखि बस सञ्चालनमा ल्याइने प्रालिका अध्यक्ष धनबहादुर अधिकारीले जानकारी दिनुभयो । बसमा यात्रु चढाउनुअघि थर्मल गनबाट ज्वरो मापन, मास्क र स्यानिटाइजरको प्रयोग, बसभित्र भौतिक दूरी कायम गरिनेलगायत मन्त्रालयले जारी गरेको सबै मापदण्ड पूूरा गरी सुरक्षित तरिकाले यातायात सञ्चालन गरिने प्रालिले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ