ओली प्रचण्ड छ भेट, छैन सहमति !

ओली प्रचण्ड छ भेट, छैन सहमति !

  • शनिबार, असार २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

असार २७ काठमाण्डौं । असार १० बाट शुरु भएको नेकपाको स्थायी समितिको बैठकमा घोषित एजेण्डा भन्दा बाहिर प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिनु पर्ने माग अध्यक्ष प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम सहित अधिकाश स्थायी समिति सदस्यले राखे पछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली बैठकमै सामेल भएनन् । बरु उनले संसदको हिउदे अधिवेशन अन्त्य गरिदिए । विस्वास गरिए अनुसार उनलकै पहलमा अन्य समर्थकहरुले पुरानो एमाले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिए । सडकमा आफ्ना पक्षमा प्रदर्शनहरु गराए ।
अर्कोतिर जसरी पनि दुबै पदबाट नभए कम्तीमा एउटा पदबाट राजीनामा दिलाएरै छाड्ने तयारीमा प्रचण्ड माधव पक्ष लागि परे पनि ओलीले नगल्ने बरु पार्टी फुटे फुटोस् भन्ने तिर गए पछि चुलिएको संकट अझै निवारण भएको छैन ।
स्थायी समितिको बैठकमा राजीनामाको बिबाद शुरु भए पछि बुधबार सम्म मात्रै पटक पटक गरेर ६ पटक प्रचण्ड र ओलीबीच छलफल भयो तर सहमति हुन सकेन । ती सबै भेटहरु बालुवाटारमै भएका छन् । तर अहिले सम्म छलफल जारी राख्ने सहमति बाहेक अर्को सहमति हुन सकेको छैन ।
यसरी उनीहरुले छलफल गर्दै बैठक स्थगित गर्ने क्रम चलिरहेका बेला देशमा अचानक आएको बाढी र पहिरोका कारण स्थायी समितिको बैठक अझ ७ दिनका लागि रोकिएको छ ।
अध्यक्ष ओली एक ईन्च नगल्ने भए पछि प्रचण्ड र माधव पक्ष थप अप्ठेरोमा परेका छन् । बहुमतका आधारमा निर्णय गरेर राजीनामाको निर्देशन दिँदा पार्टी फु्ट्ने र त्यसको अपजस तल्लो स्तरमा आफूहरुको टाउकोमा आउने डर एकातिर उनीहरुलाई छ भने यति धेरै अडान लिएर केही नगरी बस्दा पनि ओलीको हात माथि नै पर्ने हो भने पार्टी भित्र ओलीले अझै पेल्ने संसय ।
त्यस पछि दोस्रो तहका नेता र तल्लो स्तरबाट पार्टी विभाजन गर्नु हुदैन भनेर बढीरहेको दबाब र धर्नाले पनि नेताहरुमाथि सहमति या लचकताको दबाब बढेको छ ।
आफूहरुसगँ बहुमत भए पनि त्यस निर्णयले ल्याउने परिणामबारे प्रचण्डले सचेत र विवेक पुर्याएर कुनै मध्यमार्गमा जान र सडकमा भएको प्रदर्शन रोक्न ओलीलाई सुझाएका छन् । तर स्रोतका अनुसार ओली आजको मिति सम्म स्थीर सरकार दिनु पर्ने भन्दै आफ्नो अडानबाट टसमस नभएको स्रोतको दाबी छ ।

दिनहुँ जसो दिनमा दुई घण्टा देखि तीन घण्टा सम्म ओली र प्रचण्डबीच छलफल भएका छन् । तर बाढी बर्षा आदि विपदका कारणले छलफल भएको छैन । यसै बीचमा शुक्रबार देशका नाममा संवोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी विवाद आन्तरीक भन्दै यसलाई नेताहरुले मिलाउने तर अहिले जनताको जीवन रक्षाको लागि जुट्न अपील गरेका छन् ।
यस बीचमा दुबै पक्षका नेताहरुले दोस्रो तहका अन्यको पनि सुुझाव लिईरहेका छन् । तल्लो तह सम्म विवाद बढ्न थालेको देखिएकाले बेलैमा समस्याको समाधान नगर्ने नेकपामाथि अरु संकट थपिन सक्ने बुद्धीजीवीहरुको आकलन छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ