भीमदत्तकी उप मेयर चन्द भन्छिन् सती प्रथा अन्त्य गरिएको दिनलाई साहसिक महिला दिवसका रुपमा मनाऔं

भीमदत्तकी उप मेयर चन्द भन्छिन् सती प्रथा अन्त्य गरिएको दिनलाई साहसिक महिला दिवसका रुपमा मनाऔं

  • शुक्रबार, असार २६, २०७७
  • डम्मर राज भट्ट

  • 7.2K
    SHARES

कन्चनपुर, २६ असार  । भीमदत्त नगरपालिका नगर उप प्रमुख सुशिला चन्द सिहले सती प्रथाको अन्त्यले हिन्दू महिलाको जीवन रक्षा गरेको बताएकी छन् ।
नेपालमा सति प्रथाको अन्त्य भएको एक सय वर्ष पुगेको अवसरमा माानवअधिकारका लागि महिला एकल महिला समूहले गरेको कार्यक्रममा उनले सो धारणा राखेकी हुन् ।
‘सति प्रथाको अन्त्यले आम नेपाली खासगरी हिन्दु महिलाहरुको जिवन रक्षा गरेको र हजारौ बालबालिकाहरुलाई टुहुरा हुनबाट जोगाएको छन्’ कार्यक्रममा उनले भनिन् ।
नगर उप प्रमुख चन्दले सती प्रथामा श्रीमानको मृत्युपछि महिलालाई श्रीमानकै शवसंगै चितामा जिउँदै जलाउने गरिएको उल्लेख गर्दै चन्द्र शमशेरले महिला मुक्तिका लागि सति प्रथा अन्त्य गरी समाज रुपान्तरणमा ऐतिहासिक कार्य गरेको बताइन् ।
राणा प्रधामन्त्री चन्द्रशमशेरले १९७७ असार २५ गते सती प्रथा अन्त्य गरेका थिए । नगर उप प्रमुख सिहले सती प्रथा अन्त्यको दिनलाई साहसिक महिला दिवसका रुपमा मनाउनु पर्ने बताइन् ।
‘महिलाहरुले मार्च ८ मा अन्तराष्ट्रिय नारी दिवस र महंगा महंगा साडी र गर गहना प्रदर्शन गरेर तिज कार्यक्रम मनाउनु भन्दा नेपालमा महिलालाई बाँच्ने बातावरण दिने, क्रुरु पीडादायी सति प्रथा अन्त्य भएको दिनलाई भब्य सफलता साथ साहासिक महिला दिवस” का रुपमा मनाउनु आवश्यक छ’ उनले भनिन् ।
मानवअधिकारको लागि महिला एकल महिला समूह कञ्चनपुरका अध्यक्ष जानकी जोशीको अध्यक्षतामा गरिएको कार्यक्रममा कार्यक्रममा भीमदत्त नगरपालिका नगर कार्यपालिका सदस्य कमला देबकोटा, न्यायिक समिति सदस्य सन्तोषि ऐरी, वडा सदस्यहरु सीमा बोहरा, सिद्धकला नेपाली, डब्लुएचआरका सल्लाहकार भावना केसी, कोषाध्यक्ष लक्ष्मी चन्द लगायतका सहभागी भएका छन् ।
कार्यक्रममा स्वागत मन्तब्य संस्थाका सदस्य चन्द्रा खडायत र कार्यक्रमको सहजीकरण नेपालमा सिमान्तकृत महिलाको सहभागिता र आवाज परियोजनाका जिल्ला कार्यक्रम संयोजक बिर बहादुर नेपालीले गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ