भारतीय सञ्चारमाध्यममा प्रशारण भएको सामग्रीप्रति मुख्यमन्त्रीको आपत्ति

भारतीय सञ्चारमाध्यममा प्रशारण भएको सामग्रीप्रति मुख्यमन्त्रीको आपत्ति

  • बिहिबार, असार २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

हेटौँडा, २५ असार । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध भारतीय सञ्चारमाध्यमले प्रशारण गरिरहेको समाचार सामग्री प्रति आपत्ति जनाउनुभएको छ ।

सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ, “बौद्धिकता शून्य भएर, अत्यन्तै तल्लोस्तरमा ओर्लेर गरिएको टिप्पणीले भारतीय पत्रकारिताभित्रको बौद्धिक खडेरीलाई उदाङ्गो पारेको छ ।”

मुख्यमन्त्री पौडेलले एकाइसौँ शताब्दीको मानव चेतनाविपरीत छिमेकी देशकी एक कर्मशील महिला कर्मचारी तथा अर्को छिमेकी देशका प्रधानमन्त्री जस्तो गरिमामय पदमा आसिन व्यक्तित्वको गरिमाको सामान्य ख्यालसमेत नराखी, बौद्धिकता शून्य भएर, अत्यन्तै तल्लोस्तरमा ओर्लेर गरिएको टिप्पणीले भारतीय पत्रकारिताभित्रको बौद्धिक खडेरीलाई उदाङ्गो पारेको बताउनुभएको छ ।

उहाँले यस्ता नेपालविरोधी हर्कत प्रम विरुद्धको लड़ाइँ मात्र नभई सिङ्गो नेपालको स्वाभिमान, सार्वभौमसत्ता र अखण्डतामाथिको नाङ्गो आक्रमण भएकाले यस्तो क्रियाकलापलाई किमार्थ स्वीकार्न नसकिने बताउनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ