उपत्यकासहित जिल्लाभित्र खुल्याे सार्वजनिक सवारी, पचास प्रतिशत बढी भाडा लिन पाउने

उपत्यकासहित जिल्लाभित्र खुल्याे सार्वजनिक सवारी, पचास प्रतिशत बढी भाडा लिन पाउने

  • बिहिबार, असार २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

काठमाडौँ, २५ असार । काठमाडौं उपत्यकाभित्रका ३ जिल्लामा सार्वजनिक सवारी खुल्ला भएकाे छ ।  सरकारका प्रवक्ता युवराज खतिवडाले अन्य जिल्लाहरुमा पनि जिल्लाभित्र सार्वजनिक सवारी साधन चल्न दिने निर्णय भएको जानकारी दिए ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै उनले जेठ २८ र असार १२ मा गरिएका लकडाउनसम्बन्धि निर्णयहरुमा असार २३ मन्त्रिपरिषद्ले परिपूरक निर्णय गरेको बताए । पुराना निर्णयमा गरिएका केही प्रतिबन्धात्मक निर्णय यसले हटाएको भन्दै असार २२ का निर्णय राजपत्रको अतिरिक्तांकमा प्रकाशित गरिने बताए ।

सरकारले तोकेको सुरक्षा मापदण्ड पूरा गरेर सार्वजनिक सवारी चलाउन पाइनेछ । तर जिल्लाभित्र चल्ने सार्वजनिक सवारीमा भौतिक दूरी कायम राखेर मात्रै यात्रुहरु चढाउनु पर्नेछ । ती सवारीमा सिट क्षमताको ५० प्रतिशत यात्रु मात्रै राख्‍न पाइनेछ । लामो दूरीमा चल्ने र काठमाडौं उपत्यकाबाहिर एकबाट अर्को जिल्लामा चल्ने सार्वजनिक सवारीलाई भने चल्न दिइने छैन ।

यस्तै, सवारी साधानको ढोकामा सेनिटाइजर अनिवार्य गरिएको छ भने मास्क र सेनिटाइजर प्रयोग गर्न भनिएको छ । चालक र सहचालकले अनिवार्यरुपमा मास्क र ग्लोब लगाउनु पर्नेछ ।

आधामात्रै यात्रु चढाउन पाउने भएपछि सार्वजनिक सवारी संचालकले कायम भाडाभन्दा पचास प्रतिशतसम्म बढी भाडा उठाउन पाउने सरकारले निर्णय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ