असार २८ पछि विदेशबाट उद्धार उडान नगर्ने, अहिलेसम्म २२ हजारबढी नेपाली स्वदेश फर्किए

असार २८ पछि विदेशबाट उद्धार उडान नगर्ने, अहिलेसम्म २२ हजारबढी नेपाली स्वदेश फर्किए

  • बिहिबार, असार २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.4K
    SHARES

काठमाडौँ, २५ असार । काेराेना महामारीका कारण विभिन्‍न मुलुकमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन सुरू गरिएकाे उद्धार उडान अभियान यहि असार २८ पछि स्थगन हुने भएको छ । जेठ ३२ गतेदेखि सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक महिना सञ्चालन गरेको उद्धार उडान असार २८ पछि तत्काल विदेशबाट उद्धार उडान नगर्ने भएकाे हाे ।सरकारले दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, सिंगापुर, थाइल्यान्ड, बंगलादेश, श्रीलंका, माल्दिभ्स, मलेसिया, पाकिस्तान, कुवेत, साउदी अरब, बहराइन, दुबई, कतार, इजरायल, मस्कट, साइप्रस, संयुक्त राज्य अमेरिका, नाइजेरिया, युगान्डा तथा युरोपमा समस्यामा परेका नेपालीको उद्वार सूची सार्वजनिक गरेको थियो ।

यसअघि विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न मन्त्रालयले पहिलो चरणमा जेठ २८ देखि असार ११ सम्म ६७ वटा चार्टर उडानलाई अनुमति दिएको थियो । त्यसयता असार २८ सम्म कम्तीमा उद्धार उडानको तालिकाको समय थपिएको थियो ।

उद्धार उडान अनुमतिमा संलग्‍न मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्रमुख बुद्धिसागर लामिछानेका अनुसार यसअघि स्वदेश फर्काइएका नेपाली नागरिकहरुको व्यवस्थापन लगायतका बिषयमा समिक्षा गर्नका लागि उद्धार उडान राेकिएकाे हाे।

तर, औषधिजन्य कार्गो उडानलाई भने अनुमती दिइने उनले बताए । हाल सरकारले नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सलाई उद्धार उडानका लागि अनुमति दिएको छ भने विदेशी वायुसेवातर्फ कतार एयरवेज, टर्किस एयरलायन्स, फ्लाई दुबई, जजिरा एयरवेज लगायतलाई नेपाली नागरिकको उद्धार गर्न अनुमति दिएको छ । एकतर्फी मात्रै यात्रु रहने यी चार्टर उडानमा सरकारले भाडाको सीमा तोकेको छ ।

पछिल्लोपटक उद्धार उडानमा संलग्‍न दुई वटा नेपाली वायुसेवा कम्पनीमा १८ जना पाइलट, क्याबिन क्रू लगायत उडानमा संलग्‍न हुने कर्मचारीमा कोभिड संक्रमण देखिएपछि सरकारले तत्काल उद्धार उडान रोकेर समिक्षा गर्न खोजेको हो ।

बुधबारसम्म भएका १ सय ४३ वटा उद्धार उडानबाट २२ हजार ३ सय ६९ नेपाली काठमाडौं आइपुगेकाे कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले जनाएकाे छ । जसमा कुवेतबाट ४७ सय, यूएईबाट ४१ सय, साउदी अरेबियाबाट ३२ सय, कतारबाट २७ सय, मेलेसियाबाट २४ सय, बहराइनबाट ५ सय गरी २२ वटा मुलुकबाट नेपाली ल्याइएको थियो ।

विदेशबाट सबैभन्दा बढी वाग्मती प्रदेशका ६६ सय आए भने सबैभन्दा कम कर्णाली प्रदेशका ४ सय ८८ थिए । यो अवधिमा २२ वटा मुलुकबाट नेपाली ल्याइए ।  -फाइल फाेटाे

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ