भारतीय मिडियाको अनर्गल प्रचारप्रति नेपालमा आक्रोस बढ्दै, नेकपाका प्रवक्ता श्रेष्ठले दिए बकबास बन्द गर्न चेतावनी

भारतीय मिडियाको अनर्गल प्रचारप्रति नेपालमा आक्रोस बढ्दै, नेकपाका प्रवक्ता श्रेष्ठले दिए बकबास बन्द गर्न चेतावनी

  • बिहिबार, असार २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

काठमाण्डौं असार २५ । भारतीय मिडियाले नेपालले नक्सा जारी गरेदेखि नै बिष बमन गर्दै आएका छन् । पछिल्लो समय नेत प्रधानमन्त्री र चीनीया राजदुतको तस्वीर नै जोडेर अपमानजनक र मुल्य मान्यता विपरीतका सामाग्री प्रशारण गरे पछि नेपालमा भारतीय मिडिया बिरुद्ध आक्रोस बढ्न थालेको छ ।
सामाजिक सञ्जालहरुमा भारतीय मिडियाको बिरोध भईरहेको छ भने दलका नेताहरुले पनि आपत्ति जनाउदै बकवास बन्द गर्न चेतावनी दिएका छन् ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय मिडियाको अनर्गल प्रचारले सीमा नाघेको भन्दै बकबास गर्न चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमा यस्तो चेतावनी दिएका हुन् ।
यस्तै श्रेष्ठले अर्को ट्वीट गर्दै भारतीय भारतीय गूप्तचरहरु नेपाल आएको र आफूसगँ समेत भेट भएको भारतीय मिडियामा आएको समाचारको समेत खण्डन गरेका छन् ।

यसै गरी पर्यटन मन्त्री योगेश भट्टराईले नेपालका प्रधानमन्त्री, नेपाली नेताहरु र नेपालको सवालमा भारतीय संचार माध्यममा आईरहेका समाचार तथा टिप्पणी हेर्दालाग्छ पूर्बिय सभ्यताको उपहास भईरहेको टिप्पणी गरेका छन् । भारतीय मिडियाले सरेआम आफैलाई नग्याईरहेको भन्दै उनीहरुको चिन्तनप्रति दया लाग्ने बताएका छन् ।

यस्तै नेता उपेन्द्र यादवले समेत दिएको अन्तवार्ताका क्रममा दिएको अभिव्यक्ति काटेर जोडेर तलमाथि पारेर विवादीत बनाए पछि उनले समेत भारतीय मिडियाको बदमासी भनेर टिप्पणी गरेका थिए ।

भारतीय मिडियाले प्रधानमन्त्री ओली र राजदुत याग्की बिरुद्ध बनाएको प्रचार सामाग्री ।

जी मिडियाका नाममा प्रधानमन्त्री ओलीलाई जोडेर चीनीया राजदुतलाई बिष कन्या सम्म भ्याएको भारतीय मिडियाहरुप्रति आक्रोस पैदा शुरु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ