असार २५ काठमाण्डौं । नेपालमा आज अन्य दिनको तुलनामा कम संक्रमित फेला परेका छन् । आज जम्मा संक्रमित थपिएका छन् । देशभरका २५ वटा प्रयोगशालामा भएका परीक्षणमा एक सय ८ संक्रमितहरु फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यो सगैँ देशभर संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ ।संक्रमित हुनेमा सुनसरीका १, झापाका १, सप्तरीका २, धुनषाका २, सिरहाका ४, दार्चुलाका १, डोटीका २, काठमाडौंका ५, नुवाकोटका १, सर्लाहीका १, चितवनका ४, नवलपरासी पूर्वका १, मकवानपुरका १, बागलुङका ३, सिन्धुपाल्चोकका १, तनहुँका २, म्याग्दीका २, गोरखाका २, कास्कीका ४ , लमजुङका ५ , बाँकेका २, दाङका ७, दैलेखका ३, मुगुका २, सुर्खेतका १८, बझाङका १६, अछामका ४, बाजुराका २, कञ्चनपुरका २ र कैलालीका ८ जना रहेका छन् ।
आज कोरोना जीत्नेको संख्या एक सय ३९ रहेको छ । यो सगैँ कुल ७ हजार ८ सय ९१ जना डिस्चार्ज भएका छन् ।
कोरोनाबाट हाल सम्म ३५ जनाको मृत्यु भएको छ ।