असार २५ काठमाडौँ । नेपालको विस्तारीत नक्सा परिवर्तन सम्बन्धि संविधान शंसोधन प्रस्तावको बिपक्षमा पार्टीका निर्देशन विपरीत शसोधन दर्ता गराएकी समाजवादी पार्टीकी सांसद सरीता गिरीलाई संसद सचिवालयले औपचारीक रुपमा पद मुक्त भएको र सो पद रिक्त रहेको जनाएको छ । संघीय संसद सचिवालयले समाजवादी पार्टीकी सांसद सरिता गिरीको सांसद पद रिक्त भएको सूचना जारी गरेको हो । संसद सचिवालयले सभामुख अग्निप्रसाद सापकोटालाई समाजवादी पार्टीले संसद सचिवालयलाई दिएको पत्रबारे जानकारी दिएपछि गिरीलाई पदमुक्त गरिएको हो ।
संसदका महासचिव भरतराज गौतमले सांसद गिरीलाई पार्टीले पार्टीबाट निष्कासन गरेको जानकारी संसद सचिवालयलाई जानकारी गराएको र उक्त जानकारी नियमअनुसार नै पाइएकाले उनको सांसद पद रिक्त भएको सूचना जारी गरेका हुन् ।
संविधानको धारा ८९ बमोजिम सांसद गिरी सांसदबाट निष्कासित भएको संसद सचिवालयले जनाएको छ ।
नयाँ नक्शालाई निशान छापमा समावेश गर्ने गरि गरिएको संविधान संशोधन प्रस्तावमा मतदान गर्दा पार्टीको ह्विप नमानेको भन्दै समाजवादीले उनलाई निष्कासन गर्ने निर्णयय गरेको थियो ।
त्यसका साथै नेपालले भारतलाई नसोधी नक्सा ल्याएको भन्दै आपत्ति जनाए पछि थप विवादमा परेकी थिईन् ।
