अपडेटः भोटेकोशीमा उद्धारमा समस्या, सडक अबरुद्ध, खराब मौसमले हेलिकप्टर जान सकेन (तस्वीर सहित )

अपडेटः भोटेकोशीमा उद्धारमा समस्या, सडक अबरुद्ध, खराब मौसमले हेलिकप्टर जान सकेन (तस्वीर सहित )

  • बिहिबार, असार २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.1K
    SHARES

असार २५ बाह्रबिसे । गए राति १२ बजेदेखि परेको अविरल वर्षाले भोटेकोशीमा भिषण बाढी पहिरो गए पछि बेपत्ता भएका एक चीनीया सहित २१ जनाको उद्धारमा अझै समस्या भएको छ ।

खराब मौसमका कारण हेलिकप्टर समेत जान सकेको छैन । अरनिको राजमार्ग समेत पहिरो गएर अवरुद्ध हुदाँ गाडी समेत जान सकेको छैन ।

अहिले सम्म मृत्यु भएका बाह्रविसे नगरपालिका–५ जम्बु निवासी २० वर्ष निकेश बस्नेत र उनको ३ वर्षीया छोरीको शब भेटिएको बाह्रबिसे नगरपालिकाका नगरप्रमुख निमा फुन्जु शेर्पाले बताए । बाढीले अरनीको राजमार्ग बगाएकाले यतिबेला बाह्रबिसे नगरपालिका र भोटेकोश गाउँपालिका सडक सञ्जालबाट पूर्ण विच्छेद भएको छ ।

त्यस क्षेत्रको १५ घर र नजिकै रहेको जम्बु बस्तीको १५–१६ घरलगायत केही सवारी साधन बगाएको छ ।

तस्बिरः देवराज सुवेदी

तस्विरः जनक श्रेष्ठ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ