नेकपा स्थायी समितिको बैठक बस्दै 

नेकपा स्थायी समितिको बैठक बस्दै 

  • बुधबार, असार २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौं । स्थगित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज बस्दैछ । असार १० मा शुरु भए पनि पटक पटक बस्दै स्थगित हुदै आएको बैठक आज बस्ने नेताहरुले बताएका छन् ।
विवाद समाधानका लगि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष ‘प्रचण्ड’बीच निरन्तर छलफल चलिरहे पनि सहमति अझै बन्न सकेको छैन ।
आज पनि बैठक अघि दुबै अध्यक्षबीच छलफल हुने बताईएको छ ।

स्थायी समितिका बहुमत सदस्यहरुले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने माग राखेका थिए । त्यस पछि दुबै पदबाट राजीनामा नदिने भन्दै ओली केही दिन अघि बालुवाटारमै बसेको स्थायी समितिको बैठकमा उपस्थित भएका थिएनन् ।

दाहाल र नेपाल पक्ष सकेसम्म ओलीलाई प्रधानमन्त्री पदबाटै राजीनामा गराउने भन्नेमा लागि परेका छन् ।
दोस्रो तहका नेता र तल्लो कमिटिहरुबाट एकता नतोड्न दबाब परीरहेका कारण शीर्ष नेता पनि सहमतिको प्रयासमा जुटेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ