सरीता गिरीको ठाँउमा लिला सिटौला सांसद बन्ने

सरीता गिरीको ठाँउमा लिला सिटौला सांसद बन्ने

  • बुधबार, असार २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 21.4K
    SHARES

असार २४ काठमाडौं । पार्टीको निर्देशन र ह्वीप विपरीत नक्सा परिवर्तन सम्बन्धि सविधान शसोधनको बिरुद्ध अर्को संसोधन दर्ता गरेकी सासद सरीता गिरीलाई पार्टीले ससद र पार्टीबाट निस्कासन गरे पछि उनको ठाँउमा लिला सिटौला समानुपातिक सासद बन्ने भएकी छन् ।
समानुपातिक सुचीमा गिरी पछि सिटौलाको नाम रहेको छ । गिरी पनि खस आर्यकोटाबाटै सासद बनेकी थिईन् ।
मंगलबार समाजवादी पार्टीको पदाधीकारी बैठकले कार्यदलको सिफारीस अनुसार गिरीलाई सांसद र पार्टी दुबै बाट बर्खास्त गर्ने निर्णय गरेको थियो ।

समानुपातिक कोटाबाट सांसद बनेकी सरिताले नेपाल सरकारले नयाँ नक्सा जारी गरेपछि त्यसको विरुद्ध अभिव्यक्ति दिएर पनि विवादमा पर्दै आएकी थिईन् । गिरीको स्थानमा बन्द सूचीको अनुक्रममा उनीपछि नाम रहेकी लीलालाई पार्टीले सांसद बनाउने भएको हो ।

समाजवादी पार्टीकी केन्द्रीय सदस्य सिटौला ललितपुर महानगरपालिका १३ की हुन् ।

सांसद गिरीले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर जारी गरको नयाँ राजनीतकि नक्साको विरोध गर्दै आएकी थिइन्।

जेठ ५ गते मन्त्रिपरिषद्ले कालापानी– लिम्पियाधुरा समेटिएको नयाँ राजनीतिक र प्रशासनिक नक्सा पास गर्‍यो। जेठ ९ गते निशान छापमा अंतिक भएको नेपालको पुरानो नक्सा परिवर्तन गर्न संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गरायो। त्यसका बिरुद्ध उनले ससोधन दर्ता गराएकी थिईन् । पार्टीले समेत फिर्ता लिन निर्देशन दिए पनि उनले अस्वीकार गरेकी थिईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ