असार २३ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमितको संख्या बढ्ने क्रम जारी छ । नेपालमा आज एकै दिन २ सय ४ जना संक्रमित थपिएको छ । यो सगैँ नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघेको छ । आज १६ हजार एक सय ६८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
नेपालमा कोरोनाबाट हाल सम्म ३५ जनाको मृत्यु भएको छ भने ६ हजार बढी डिस्चार्ज भएका छन् ।
यसैबीच डा. गौतमले नेपालमा निरन्तर संक्रमितको दर घट्ने क्रममा रहेको दाबी गरेका छन् । अहिले आईसोलेसनमा बस्नेको संख्या पनि घटेको छ र दैनिक थपिने क्रम पनि घट्दै गएको छ , डा. गौतमले बताए ।
तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला जिल्ला कोरोना मुक्त भएको पनि डा. गौतमले जानकारी दिए ।
उनले कर्णाली प्रदेशका आईसोलेसन केन्द्रहरु रित्तिन थालेको पनि डा. गौतमले जानकारी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline