भारतीय सीमामा हुने तस्करीमा ड्युटीमा खटिएका प्रहरी नै संलग्न ! ११ जना बिरुद्ध अनुसन्धान हुदै

भारतीय सीमामा हुने तस्करीमा ड्युटीमा खटिएका प्रहरी नै संलग्न ! ११ जना बिरुद्ध अनुसन्धान हुदै

  • मङ्लबार, असार २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

विराटनगर असार २३ । भारतीय सीमा क्षेत्रमा हुने तस्करीमा प्रहरी कर्मचारी नै संल्गन रहेको पाईए पछि प्रदेश प्रहरी कार्यलय र जिल्ला प्रहरी कार्यालय मोरङले संगठन भित्रका ११ जना प्रहरी कर्मचारीमाथि अनुसन्धान सुरु गरेको छ ।
समुन्द्रपारबाट मालवस्तु नेपालमा वैधानिक रुपमा आयात गर्ने र भाारततर्फ तस्करी गर्ने कार्यदेखि भारतबाट अवैध रुपमा नेपालमा सामान भित्र्याउने कार्यमा सीमा क्षेत्रमा खटिने प्रहरीको संलग्नता देखिएपछि उनीहरुमाथि अनुसन्धान सुरु भएको हो ।
जवान देखि जुनियर अधिकृत सम्मको संल्ग्नता रहेको प्रहरी स्रोतले जनाएको छ । प्रदेश १ प्रहरी कार्यालयको एउटा टोलिले विराटनगर–१२ बखरी क्षेत्रमा भारतबाट नेपाल ल्याउँदै गरेको सामान गत असार १८ गते पक्राउ गरेपछि तस्करीमा डीउटीमा रहेका प्रहरीको मिलेमतो प्रमाणित भएको थियो ।
पाँचलाख बढीको भन्सार छलेको सामान को १ ह ८४५१ टेम्पो र को १३ प ४२४७ नम्बरको मोटरसाईकलमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा टेम्पो चालक बिराटनगर–१५ का राजा पासवानसहित बिशाल चौधरी, सोनु चौधरी, रोहित चौधरी, पुरुषोत्तम चौधरी र अबिनाश चौधरीलाई पक्राउ परेको थियो ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलि मटेर्वा नाकामा डीउटीमा थियो । तस्करी भएर भित्रिएको सामान नियन्त्रणमा लिन सकेन । थप फोर्सका लागि इलाका प्रहरी कार्यालय रानीको सञ्चारमा रिपोर्ट ग¥यो । सञ्चारमा खटिएका प्रहरीले रानीका प्रहरी निरीक्षक दिपक थापालाई जाहेर गर्नुपर्ने सूचना हवल्दार केशव कार्कीलाई जाहेर ग¥यो ।
प्रहरी निरीक्षकलाई फिल्डको कुरा जाहेरै नगरी हवल्दार र सञ्चारमा खटिनेले तस्करीलाई ओझेलमा पार्दै फिल्डमा रहेको टोलिलाई सामान वैधानिक रहेको जानकारी दिएका थिए ।
पछि प्रदेश १ प्रहरी कार्यालयको सादा पोशाकको टोलिले सामान नियन्त्रणमा लिएपछि उनीहरुको संलग्नता पुष्टी भएको थियो । लगतै प्रदेश प्रहरीले दरैया क्षेत्रमा खटिएका चार जनालाई गणमा तानेर अनुसन्धान सुरु गरिरहेको छ । उनीहरुमाथिको अनुसन्धानपछि निलम्बन पत्रसहित जिल्ला प्रहरी कार्यालयमा फिर्ता पठाउने तयारी भईरहेको छ ।
मोरङ प्रहरीका प्रहरी उपरीक्षक सन्तोष खड्काले अन्तरदेशीय तस्करीको कारोबार रोक्न नसकिएको अवस्थामा गहिरो अध्ययन गर्दै जाँदा थप ७ जना प्रहरीलाई अनुसन्धान गर्नुपर्ने अवस्था आएको जानकारी दिए । डीउटीबाट हटाएर अनुसन्धान गरिरहेकाहरुकै बयानका आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान मोहम्मद अनिस समेत शंकाको घेरामा तानिएका छन् । पछि अनिसको बयानमा थप दुईजना जिल्ला प्रहरी कार्यालयकै जवानको समेत संलग्नता खुलेको छ ।
त्यस घटनामा इलाका प्रहरी कार्यालयका अनुसन्धान अधिकृत (सई) दिनेश अधिकारी समेत मुछिएका थिए । पछि बद्नियत नदेखिएको भन्दै फिर्ता पठाइएको बुझिएको छ । तर, मोरङका प्रहरी उपरीक्षक खड्काले घटनामा संलग्न सबैमाथि अनुसन्धान भईरहेको र संलग्न देखिए जोसुकै भएपनि कारवाही गरिने बताए ।
नेपाल भारत सीमा क्षेत्र अन्तरदेशीय तस्करीका लागि रुट बन्दै आए पनि यसको प्रभावकारी नियन्त्रण अझै हुन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ