यस समय पुरै विश्व कोरोना भाईरसको महाकारीको चपेटामा छ । यसको लागि एउटा भाईरस जिम्मेवार छ र यसलाई कोविड १९ नाम दिईएको छ ।
मानवमाथि कहर बर्षाउने यो पहिलो भाईरस भने होईन । विषाणुहरुले कैयौ पटक मानवतालाई भयकर चोट पुर्याएको छ । सन् १९१८ मा दुनियामा ठूलो संकट ल्याएको ईन्फ्लुएन्जा भाईरसबाट ५ देखि १० करोड मानिस मारिएका थिए । त्यस पछि बीसौँ शताव्दीमा फैलिएको चेचक भाईरसले दुनियामा कम्तीमा २० करोड मानिसको ज्यान लिएको अनुमान गरिन्छ ।
यो सबै हेर्दा हामीलाई लाग्छ कि भाईरस हाम्रो लागि खतरनाक छ र धरतीबाटै यो खत्तम हुनु आवस्यक छ । यदी कुनै जादु हुने थियो भने विषाणुहरुलाई धर्तीबाट सफाया गरिदिन सकिन्थ्यो ।
तर धरतीबाट भाईरस नामेट पार्ने आशा गर्नु भन्दा पहिलो सावधान हुनु जरुरी छ । यदी त्यस्तो भयो भने हामी पनि जीवित हुने छैनौ । विना भाईरस मान्छे मात्र हैन धरतीमा जीवनको अस्थित्व असंभव छ । अमेरीकाको विस्कान्सिन मेडिसिन विस्व विद्यालयको महामारी विशेषज्ञ टोनी गोल्डबर्ग भन्छन्, “ यदी अचानक अचानक धरतीबाट सारा भाईरस खत्तम भयो भने धरतीका सबै जीवहरु मर्न केवल एक देखि डेढ दिन मात्र लाग्ने छ । भाईरस यस धर्तीमा जीवन चलाउने धुरी हो त्यसैले हामीले यसका खराबीहरुलाई ध्यान दिने हो ।”
दुनियामा कति खालका भाईरस छन् यसको पनि अझै पत्ता लागिसकेको छैन । यो कुरा सबैलाई थाहा छ कि धेरै जसो भार्ईरसले मानिसमा कुनै रोग फैलाउदैन । हजारौ यस्ता भाईरस् छन् जसले पृथ्वीको पर्यावरणचक्र निभाउन भूमिका खेल्दछन् । चाहे किराहरु हुन् वा गाई भैसी या फेरी मानव जीवन ।
मेक्सीकोको नेस्नल अटोनमस युनिभर्सीटीका भाइरस विशेषज्ञ सुसाना लोपेज सेरेटन भन्छिन्, यस धरतीमा भाईरस र बाँकी जीव पुर्ण रुपले सन्तुलित वातावरणमा रहेका हुन्छन । विना भाईरस हामीँ बाँच्न सक्दैनौँ । धेरै मानिसहरुलाई थाहा छैन कि धरतीमा जीवन चलाउन भाईरस कति महत्वपूर्ण छ ।
अहिले सम्म केवल केही हजार भाईरसबारे मानिसलाई थाहा भएको छ जब कि यो भाईरस करोडौँको संख्यामा यस्ता भाईरसहरु छन् ।
पेन्सिलभानिया स्टेट युनिभर्सीटीका मेरीलिन रुसिंकले विज्ञानले केव रोगाणुको अध्ययन गर्दछ र अफसोच सत्य यही हो भनेकी छन् । अहिले सम्म जसरी सबै भाईरसको बारेमा जानकारी छैन त्यसै गरी कति भाईरस मानिसका लागि खतरा छ त्यो पनि हामीलाई जानकारी छैन ।
इकोसिस्टमको केन्द्र हो भाईरस
हाम्रा लागि त्यो भाईरस सबै भन्दा महत्वपूर्ण छ जो ब्याक्टेरीयालाई संक्रमित गर्दछ । यसलाई फेगस भनिन्छ । जसको अर्थ हो निल्ने वाला । टोनी गल्डबर्ग भन्छन्, समुन्द्रमा ब्याक्टेरीयाको घनत्व नियन्त्रण गर्नमा फेगस विषाणुहरुको भूमिका महत्वपूर्ण हुन्छ । यदी यो भाइरस खत्तम भयो भने समुन्द्रको सन्तुलन नै विग्रिन्छ ।
समुन्द्रको ९० प्रतिशत जीव एक कोशिय हुन्छ । यसले धरर्तीको लागि आधा अक्सिजन बनाउछ । र यो काम भाईरस विना हुन सक्दैन । समुन्द्रमा पाईने भाईरसले त्याहाँको आधा ब्याक्टेरीया र २० प्रतिशत एक कोशिय जीवहरुलाई हरेक दिन मारिदिन्छ ।
यसले समुन्द्रमा उपस्थित कैयौ अन्य प्रजातिका जीव र वनस्पतिलाई खाना उपलव्ध हुन्छ । जसले फोटो सिन्थेसिस गरेर सुर्यको प्रकाशको मद्धतबाट अक्सिजन बनाउछ । र यसै अक्सिजनबाट धरतीमा जीवन चल्दछ । यदी यी भाईरसहरु नष्ट हुने हो भने समुन्द्रमा त्यति अक्सिजन बन्दैन र धर्तीमा जीवन चल्न सक्दैन ।
कार्टिस् सटल भन्छन्, .यदी मृत्यु हुदैन भने जीवन असंभव हुन्छ । किनभने जीवन धर्तीमा अस्थित्वमा रहेको तत्वहरुको रिसाईक्लीगंमा भर पर्दछ । यो काम भाईरसले गर्दछ ।
दुनियामा जनसंख्या नियन्त्रण र जीवहरुको घनत्व कम गर्न पनि भाईरस जरुरी छ । जब कुनै जीवको घनत्व बढ्छ तब भाईरसले आक्रमण गरेर नियन्त्रण गर्दछ । जस्तो कि महामारीहरुका कारणले मानिसको जनघनत्व नियन्त्रण हुन्छ । यदी भाईरस भएन भने जीवहरुको आवादी अनियन्त्रित हुने छ र एउटै प्रजातिको बोलवाला हुन्छ र जैविक विविधता समाप्त हुन्छ ।

भाईरसले बनाउछ मान्छेको सुरक्षा चक्र
कैयौ भाइरसको संक्रमणले हामलिाई खास प्रकारका रोगाणुहरुबाट बचाउदछ । जस्तो डेंगुका लागि जिम्मेवार जीबी भाईरस सी एउटा यस्तो भाईरस हो जसले यसबाट संक्रमित व्यक्तिमा एड्स तीव्र मात्रामा फैलन दिदैन । यदी कुनै मानिसको शरीरमा यो भाईरस छ भने उसको ईबोला भाईरसका कारण मृत्यु हुने संभावना कम हुन्छ ।
हर्पिज भाईरसले हामलिाई प्लेग र लिष्टेरीया नामक बिरामीहरुबाट बचाउन सक्छ । भाईरस हाम्रा लागि कैयौ बिरामीहरुसगँ लड्ने औषधी बन्न सक्छ ।
सन् १९२० मा सोभियत संघमा यस बिषयमा निकै अनुसन्धान भएको थियो । र अहिले पनि वैज्ञानिकहरुले भाईरस थेरापीका बारेमा अनुसन्धान गरीरहेका छन् । जुन तरीकाले ब्याक्टेरीया, एन्टीबायोटिक बाट ईम्युन भईरहेको छ भने हामीले तत्कालै एन्टीबायोटिकको विकल्प खोज्नु जरुरी हुन्छ । रोग फैलाउने ब्याक्टेरीया र क्यान्सर कोसीकालाई समाप्त गर्न भाईरस काम लाग्न सक्छ ।
कर्टिस सटल भन्छन्, “ रोगहरुसगँ लड्न हामीले भाईरसलाई ठीक त्यसै तरीकाले प्रयोग गर्न सक्छौ जस्तो कुनै गाईडेड मिसाईल होस् । जो सिधै घातक रोगाणुहरुमाथि निशाना बनाउन सकिन्छ । ब्याक्टेरीया या क्यान्सर कोसीकाहरुलाई समाप्त पार्न सकिन्छ । भाईरसबाट हामी नया पुस्ताको औषधी बनाउन सक्छौँ ।
यद्यपि, भाईरस निरन्तर बदलिरहेको हुन्छ । यसैले उनीहरुको जेनेटिक जानकारी राख्नु जरुरी हुन्छ । यो दोस्रो कोशिकाहरुमा प्रवेश गरेर आफ्नो जिनको कपी गर्ने सिस्टममाथि कब्जा गर्दछ । यसैले यसको जेनेटिक कोड जीवको कोशिकामा दर्ता हुन्छ ।
मानिसको ८ प्रतिशत जीन पनि भाईरसबाटै बनेको हुन्छ । २०१८ मा वैज्ञानिकहरुले पत्ता लगाएका थिए कि करोडौँ साल पहिला भाईरसबाट मिलेको कोडले हामीलाई सम्झने काममा बढी भूमिका निभाएको हुन्छ ।

यदी आज मानिसले अण्डा दिनुको साटो सिधै बच्चा जन्माउन पाईरहेका छन् भने यो पनि एक भाईरसको संक्रमणको नै कमाल हो । आज भन्दा करीब १३ करोड बर्ष पहिला मानिसको पुर्खामा रेट्रो भाईरसको संक्रमण ठुलो मात्रामा फैलिएको थियो । यसै संक्रमणबाट मानिसको कोशिकाहरुमा आएको एक जीनको कारण मानिसमा गर्भ धारण र त्यस पछि अण्डा पैदा हुनुको साटो सिधै बच्चा जन्माउने क्षमताको विकास भएको हो ।
धरतीमा भाईरसले जुन धेरै भूमिका निभाईरहेका छन् त्यसका बारेमा अहिले वैज्ञानिक रिसर्च शुरु भएको छ । हामी जसो तसो यसका बारेमा अरु जानकारी हासिल गर्ने छौँ र त्यस पछि हामीले भाईरसलाई राम्रोसगँ उपयोग गर्न सक्छौँ ।
यस कारण भाईरसलाई घृणा गर्नुको साटो यसको बारेमा जान्ने लगातार कोशिस गर्नु जरुरी छ ।
बिबिसीबाट