ओली प्रचण्डबीच छलफल जारी , बन्ला सहमति ?

ओली प्रचण्डबीच छलफल जारी , बन्ला सहमति ?

  • मङ्लबार, असार २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौं असार २३ । पार्टी भित्रको कलह मिलाउने प्रयास स्वरुप नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीचको छलफल आज पनि शुरु भएको छ ।
प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिनु पर्ने प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम सहितका नेताहरुको माग पछि र दुबै पदबाट राजीनामा नदिने ओलीको अडान पछि चरम बनेको विवाद मिलाउने प्रयास स्वरुप दुई नेताको छलफलको श्रृखला चलिरहेको छ ।
अहिले दुबै नेताबीच बालुवाटारमा छलफल जारी रहेको स्रोतको दाबी छ । यस अघि हिजो पनि दुबै नेताबीच छलफल भएको थियो ।
पार्टी पक्ति भित्र समेत एकताका लागि तल्लो स्तरबाटै बढेको दबाब, चीनीया राजदुतको सक्रियता आदिका कारण नेताहरुलाई फुट्नु भन्दा जुट्नु पर्ने दबाब बढेका कारण सहमतिको बिन्दु खोज्न नेताहरु सक्रिय छन् ।
भोली स्थायी समितिको बैठक अघि नै सहमतिको प्रयास भईरहेको सुत्रको दाबी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ