समाजवादी पार्टीको पदाधीकारी बैठक आज बस्दै

समाजवादी पार्टीको पदाधीकारी बैठक आज बस्दै

  • मङ्लबार, असार २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौं , २३ असार । हालको राजनीतिक विषयमा छलफल गर्न रजनता समाजवादी दलमा नेतृत्वको भागवण्डा कसरी मिलाउने भन्ने विषयमा समाजवादी पार्टी नेपालको पदाधीकारी बैठक आज बस्दै छ ।
समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण गरेर जनता समाजवादी पार्टी नेपाल गठन भइसकेको छ तर निर्वाचन आयोगले दर्ता प्रमाणपत्र नदिएको कारणले समाजवादी पार्टीको पदाधिकारी बैठक छुट्टै बसेको हो ।

उपाध्यक्ष नवराज सुवेदीका अनुसार मुलुकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्नुपर्ने प्रतिपक्षिको भूमिकाका विषयमा बैठकमा छलफल हुने भएको छ ।

राष्ट्रिय जनता पार्टीसँग एकतापछि बनेको जनता समाजवादी दलमा नेतृत्वको भागवण्डा कसरी मिलाउने भन्ने विषयमा पनि छलफल हुने बुझिएको छ ।

यसैमा पार्टीको पदाधीकारीहरुले पनि शिर्ष नेतृत्वलाई नवगठित पार्टीमा आफ्नो पार्टीको अस्तित्व रहने गरी नेतृत्वको भागवण्डा गर्न सुझाव दिने तयारी गरेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ