काठमाडौं, २३ असार । जनता समाजवादी पार्टीका नेताहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन्।
मंगलबार जसपाका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, नेताहरू बाबुराम भट्टराई, राजेन्द्र महतोलगायत नेताहरू सभापति देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए।
सरकारले असार १८ गते संसदको अधिवेशन अन्त्य गरिदिएपछि विधेयकहरू छलफल गरी पारित हुनबाट रोकिएका छन्।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र आन्तरिक विवाद चुलिएका बेला प्रतिपक्षी दलका नेताहरूबीच छलफल भएको हो।
भेटमा समसामयिक राजनीतिक घटनाक्रम, नागरिकता विधेयकलगायत विषयमा भेटवार्तामा कुराकानी भएको जनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline