के मास्क नलगाई हिड्ने गर्नु भएको छ ? ख्याल गर्नुस् अब समात्न सक्छ प्रहरीले

के मास्क नलगाई हिड्ने गर्नु भएको छ ? ख्याल गर्नुस् अब समात्न सक्छ प्रहरीले

  • सोमवार, असार २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.9K
    SHARES

असार २२ काठमाण्डौँ । के लकडाउन खुकुलो भयो भनेर मास्क नलगाई भीड गर्दै हिड्ने गर्नु भएको छ ? त्यसो हो भने अब तत्कालै मास्क लगाएर सामाजिक दुरी कायम गरेर हिड्नु होला अन्यथा प्रहरीले अब तपाईलाई समात्न सक्छ ।
गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
पटक पटक स्वास्थ्य मन्त्रालयद्धारा अनुरोध गरिए पनि मानिसरु मास्क नलगाई र सामाजिक दुरी कायम नगरी मान्छेहरु हिडिरहेको पाईए पछि सरकारले यस्तो निर्देशन दिएको हो ।

सोमबार दिउँसो प्रशासन र प्रहरीलाई परिपत्र गर्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दूरी कायम नगर्ने र मास्क बिना बाहिर हिँडडुल गर्नेमाथि संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्न निर्देशन दिएको गृहका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए ।

लकडाउनलाई स्वास्थ्य मापदण्ड पालना गर्दै खुकुलो बनाउने नीति अबलम्वन गरिएपनि सर्वसाधारणसहित सरकारी, निजी तथा गैरसरकारी संघसंस्था र कार्यालयले यसको उल्लंघन गरेकोले तत्काल कडाइका साथ पछिल्लो निर्देशन कार्यान्वयन गराउन गृहले निर्देशन दिएको अधिकारीले बताए ।

सरकारले असार १ गतेबाट लागू हुनेगरी लकडाउन खुकुलो बनाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ