नेपालमा आज अन्य दिनको तुलनामा कम एक सय ८० कोरोना संक्रमित थपिए, कुल संक्रमित १६ हजार नजिक

नेपालमा आज अन्य दिनको तुलनामा कम एक सय ८० कोरोना संक्रमित थपिए, कुल संक्रमित १६ हजार नजिक

  • सोमवार, असार २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं असार २२ । नेपालमा अन्य दिनको तुलनामा आज केही कम कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज देशभर एक सय ८० जना संक्रमित भेटिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नजिक १५ हजार ९ सय ६४ पुगेको छ । हिजो २९२ जनामा कोरोना संक्रमण देखिएको थियो।

तर काठमाण्डौं उपत्यकामा भने संक्रमित बढीरहेका छन् । आज मात्रै काठमाण्डौं उपत्यकामा ५४ जना संक्रमित थपिएका छन् । जस मध्य २४ जना काठमाण्डौ, २० जना ललितपुर र भक्तपुरका १० जना संक्रमित भएको प्रवक्ता गौतमले जनाएका छन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा २९ हजार २१५ रहेका छन् भने आइसोलेसनमा ९ हजार ११८ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा ४ हजार ७२१ नमुनाको पीसीआर परीक्षण गरिएको छ ।

यस्तै कोरोना जीतेर घर फर्कनेको संख्या पनि बढ्दो छ । पछिल्लो २४ घण्टामा २६४ थप कोरोना जितेर डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार निको हुनेको संख्या ६ हजार ८११ जना पुगेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ