काँग्रेस केन्द्रीय समिति बैठक आजपनि बस्दै

काँग्रेस केन्द्रीय समिति बैठक आजपनि बस्दै

  • सोमवार, असार २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

चौतारा, २२ असार । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज दिउँसो २ बजेपछि बस्दैछ ।
पार्टी मुख्यालय सानेपामा दिउँसो २ बजेपछि बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकामा छलफल र समसामयिक राजनीतिक परिस्थिति र बारे छलफल हुने नेपाली कांग्रेसले जनाएको छ ।

यसअघि कांग्रेस पदाधिकारी बैठकले १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गर्दै कार्यतालिका पनि तयार पारेको थियो।

हिजोको बैठकमा प्रधानमन्त्री केपी ओली र सभापति शेरबहादुर देउवाबीच भएको भनिएको गोप्य भेटबारे केन्द्रीय सदस्यहरुले कुरा उठाएका थिए ।जवाफमा देउवाले प्रधानमन्त्रीसँग भेटेको बताउनुभएको थियो ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्य डा रामशरण महत, महेश आचार्य, रमेश रिजाल, डा नारायण खड्का, डा मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, एनपी साउँद, अर्जुनप्रसाद जोशी, दीपक गिरी, नवीन्द्रराज जोशी, सुरेन्द्रराज पाण्डे, शङ्कर भण्डारी, श्यामकुमार घिमिरे र वीरबहादुर बलायरले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ