शीर्ष नेतालाई पार्टी विभाजन नगर्न दबाब बढ्दै, सहमतिको प्रयास जारी !

शीर्ष नेतालाई पार्टी विभाजन नगर्न दबाब बढ्दै, सहमतिको प्रयास जारी !

  • सोमवार, असार २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

असार २२ काठमाण्डौं । नेकपा भित्र शीर्ष नेतृत्वमा देखा परेको कलहले उग्र रुप लिएका बेला दोस्रो तहका नेता र तल्लो स्तरबाट भने पार्टी विभाजन नगर्न र एकता कायम राख्न दबाब बढ्दै गएको छ ।
दोस्रो तहका नेताहरु अलग अलग छलफल गरेर निरन्तर दबाब दिईरहेका छन् भने धुम्बाराहीमा पनि केन्द्रीय सदस्यहरु र अन्य कार्यकर्ताहरु जम्मा भएर निरन्तर खबरदारी गर्ने क्रम छ ।
तल्ला कमिटिहरुबाट समेत एकताका लागि नेतृत्वलाई दबाब र खबरदारी बढेको छ ।
यसै कारण पार्टी भित्र अन्तरविरोध चरम हुदाँ समेत नेताहरुले पार्टी विभाजन गर्न संकट पर्ने गरेको छ ।
यस पटक अझ बढी अशिष्ट शैलीमा अन्तरविरोध पैदा हुदा हुदै पनि विभाजनको निर्णय गर्न नेताहरुलाई कठिन परेको छ ।
यस्तोमा खास गरी अध्यक्ष र प्रधानमन्त्री दुबैबाट राजीनामा दिन्न भन्ने ओली र दुबै पदबाट हटनु पर्छ भन्ने प्रचण्ड, माधव, खनाल र गौतम सहितका नेताहरु दुबै पक्ष पार्टी विभाजनको जिम्मेवारी लिन तयार देखिदैनन् ।
अर्कोतिर चीनीया पक्षबाट समेत एकता कायम राख्न सुझाव आउन थालेको छ ।
यस्तो स्थितिमा सहमतिका लागि थप प्रयास गर्न आजको स्थायी समितिको बैठक समेत सारेर गंभीर प्रयास जारी राख्न सुझाब आईरहेको स्रोतको दाबी छ ।
दुई अध्यक्षबीच सहमतिको भूमिका निर्वाह गर्न अन्य नेताहरुले प्रयास गरीरहेको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ