छिमेकी नै हत्यारा भएपछि….

छिमेकी नै हत्यारा भएपछि….

  • आइतवार, असार २१, २०७७
  • डम्मर राज भट्ट

  • 8.7K
    SHARES

कन्चनपुर,२१ असार । छिमेकी मर्दाका मलामी, जिउँदाका जन्ती भन्ने उखान विपरित कञ्चनपुरका एक युवकले बन्चरो प्रहार गरि छिमेकीको हत्या गरिदिएका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिका ५ का ४७ बर्षिया गोरे भनिने गोरख बहादुर खडकाले छिमेकी ४८ बर्षिया गोपाल कुँवरको हत्या गरेका हुन् । गयराती खडका कुँवरकै घरमा गएर बन्चरो प्रहार गरि हत्या गरेका थिए ।

छिमेकीविच समान्य विवाद हुँदा खडकाले कुँवरको घाँटीमै बन्चरो प्रहार गरेको स्थानीयले बताएका छन् । स्थानीय एव वडाध्यक्ष बीर बहादुर बोगटीले दुई छिमेकीविच आपसी विवाद हुँदा खडकाले कुँवरमाथि बन्चरो प्रहार गरि हत्या गरेर फरार भएको बताए । ‘यो यहाँका लागि मात्र नभई समाजकै लागि दुखत घटना हो, ‘अध्यक्ष बोगटीले भने, ‘यस्ता घटना समाज बिरोधी घटना हुन् ।’ साँझको खाना आएर कुँवर दाम्पती संगै बसेका बेला घरबाटै बन्चरो बोकेर खडका उनकै घरमा गएर विवाद मात्रै गरेनन् विभत्स हत्या गरेर फरार भएका थिए ।

खडकाको बन्चरो प्रहारबाट खडकाको घटना स्थलमै मृत्यु भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएन् । हत्या गर्ने उदेश्यले राती आएकाले घटनापछि स्थानीयले अबदेखि राती कसैलाई पनि अत्यावश्यक काम बाहेक कसैको अर्काको घर जान रोक लगाउनुपर्नेमा जोडदिएका छन् । कुँवरको हत्या गरि भागेका खडकाको खोजिकका लागि प्रहरीले कुकुर परिचालन गरेको छ ।

हत्यारा नियन्त्रणमा नआएपछि परिवारले समेत शव उठाएका छैनन् । हत्या गरि राती नै भागेका खडकाले रातभरी खोजिगर्दा फेला नपरेपछि ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले आइतबार बिहान कुकुर ल्याएर हत्याराको खोजिकार्य शुरु गरेको हो । ईप्रका त्रिभुबनबस्तीका इन्चार्ज वकिल बहादुर सिहले घटना बारे अनुसन्धान भईरहेको बताए । हत्याराको खोजिकार्यका लगि कुकुर, प्रहरी परिचालन गरिएको छ । घटना अनुसन्धान भईरहेको जनाउँदै ईप्रका त्रिभुबस्तीका इन्चार्ज सिहले हत्यारालाई कानुनी दायमा ल्याएरै छाड्ने बताए ।

घटनाको स्थानीय एव चौतर्फि भत्सर्ना गरिएको छ । आफ्नै घरमा श्रीमानको हत्या आँखै अगाडी भएपछि मृतकी श्रीमती, घर परिवार शोकमा डुबेका छन् । स्थानीयले छिमेकी भएर मिलेर बस्न नसकेपनि विभत्स हत्या गरेको भन्दै हत्यारा उपर कार्बाहीको माग अघि सारेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ