राष्ट्रपतिसँगको भेटपछि बालुवाटार पुगे दाहाल, ओली -दाहाल वार्ता चल्दै

राष्ट्रपतिसँगको भेटपछि बालुवाटार पुगे दाहाल, ओली -दाहाल वार्ता चल्दै

  • आइतवार, असार २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौँ, २१ असार ।राष्ट्रपतिसँग सामूहिक भेटपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री केपी ओलीसँग भेट गर्न बालुवाटार पुगेका छन् । अहिले बालुवाटारमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच वार्ता चलेको छ ।

राष्ट्रपतिसँगको भेटमा दाहाल लगायतका नेताहरुले राष्ट्रपतिलाई महाअभियोगको हल्ला सत्य नभएको भन्दै विश्वस्त हुन आग्रह गरेको नेकपाका एक नेताले बताए । यो हल्ला बालुवाटारबाटै फैलाइएको भन्दै उनीहरुले राष्ट्रपतिको संस्थालाई आफूहरुले विवादमा नपार्ने बताएका थिए ।
पार्टीभित्रको आन्तरिक विवादमा राष्ट्रपतिलाई तान्नेगरी प्रधानमन्त्रीले अभिव्यक्ति दिएको भन्दै नेताहरुले राष्ट्रपतिलाई प्रयोग नहुन पनि आग्रह गरेका थिए ।
यसअघि बरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल तथा उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसहित दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ