प्रधानमन्त्री ओली र प्रचण्डबीच आज पनि छलफल हुदै

प्रधानमन्त्री ओली र प्रचण्डबीच आज पनि छलफल हुदै

  • आइतवार, असार २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

काठमाडौं, २१ असार । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार पनि छलफल हुने भएको छ। शनिबार हुने भनिएको छलफल आइतबारका लागि सरेको थियो।

पार्टीभित्र विवाद उत्पन्न भएपछि समस्या समाधानको लागि प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षको छलफल हुदै छ ।

सोमबार बस्ने तय भएको स्थायी समितिको बैठक शनिबारबाट सोमबारका लागि सारिएको थियो ।

शनिबार राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेट भएको थियो।

अध्यक्ष प्रचण्डले जेठ २ गतेको सहमति छोडर गल्ती गरेको बताएका थिए भने प्रधानमन्त्री ओलीले जेठ २ गतेको सहमति गरेर गल्ती गरेको बताएका थिए।

शनिबार प्रधानमन्त्री ओलीले मन्त्री र राज्यमन्त्रीसँग छलफल गरेका थिए। उनले मन्त्रीहरूलाई आफ्नो कित्ता छुट्याउन समेत भनेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारी र आफूविरूद्ध षड्यन्त्र भइरहेको आरोपसमेत प्रधानमन्त्रीले लगाएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ