मलाई दुबै पदबाट र राष्ट्रपतिलाई महाअभियोग लगाउने सड्यन्त्र हुँदैछ, मन्त्रीले पोजिसन क्लियर गरेर आउनुः ओली

मलाई दुबै पदबाट र राष्ट्रपतिलाई महाअभियोग लगाउने सड्यन्त्र हुँदैछ, मन्त्रीले पोजिसन क्लियर गरेर आउनुः ओली

  • शनिबार, असार २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाडौँ, २० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले साझ मन्त्री तथा राज्यमन्त्रीहरुसँग परामर्श गर्नुभएको छ । साँझ शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेपछि प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्री र राज्यमन्त्रीसँग परामर्श गर्नुभएको हो ।

सो क्रममा प्रधानमन्त्री ओलीले मन्त्री र राज्यमन्त्रीहरूलाई आवश्यक परेमा मुख खोल्नुपर्ने बताउनुभएको बैठकमा सहभागी एक मन्त्रीले बताएका छन् ।
मन्त्रीहरुलाई आफ्नो पोजिसन क्लियर गरेर आउनु भन्दै प्रधानमन्त्रीले त्यसका लागि सोच्ने समय दिएको उनले बताए ।

बैठकको भनाई उदृत गर्दै उनले भनेका छन्, ‘अहिले ठूलो षड्यन्त्र भइरहेको छ । राष्ट्रपतिलाई महाअभियोग लगाउने र मलाई दुवै पदबाट हटाउने तयारी भएको छ । तपाईहरु कसको पक्षमा हुने ? कि प्रधानमन्त्रीको विपक्षमा जाने ? आज छलफल गर्ने समय भएन, तपाईहरुलाई यही सूचना भयो । आफ्नो पोजिसन छिट्टै क्लियर गर्नुस्,। ’

प्रधानमन्त्रीले आफ्ना कुरा राखेपछि मन्त्रीहरु घनश्याम भुसाल, वर्षमान पुन, पार्वत गुरुङगायतले धारणा राख्दै पार्टीमा छलफल भएको कुरा पार्टीले नै निर्णय गर्ने तर जबरजस्ती प्रधानमन्त्रीलाई हटाउन खोजे संसदीय दलमा बहुमत पु¥याउनेगरी अघि बढ्ने बताए ।

प्रधानमन्त्रीले आवश्यक परेमा निर्णय लिन तयार हुनुपर्ने पनि बताउनु स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले आफूले पार्टी निर्णय नमान्ने पनि दोहो¥याउनुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि प्रधानमन्त्रीले झन्डै १ घण्टाभन्दा बढी समय मन्त्री र राज्यमन्त्रीसँग परामर्श गर्नुभएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ