के हुदैछ आज ? प्रधानमन्त्रीले फेरी भेटे राष्ट्रपति, बालुवाटारमा मन्त्री र राज्यमन्त्रीलाई साझँमा बोलाईयो

के हुदैछ आज ? प्रधानमन्त्रीले फेरी भेटे राष्ट्रपति, बालुवाटारमा मन्त्री र राज्यमन्त्रीलाई साझँमा बोलाईयो

  • शनिबार, असार २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

असार २० काठमाण्डौं । आज बस्ने भनिएको स्थायी समितिको बैठक अन्तिम समयमा रोकिए पनि नेकपा भित्र दुबै पक्षले आ आफ्नो सक्रियता जारी राखेका छन् ।
अहिले साझँ प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीहरुलाई बालुवाटारमा बोलाएका छन् । राज्य मन्त्रीहरु मन्त्रीपरिषद्को बैठकमा सहभागी हुदैनन् तर उनीहरुलाई समेत निम्तो दिईएकाले महत्वपूूर्ण छलफल र सुझाव लिने प्रयास भएको हुन सक्ने आकलन गरिएको छ ।
उता राष्ट्रपतिसँग आज फेरी प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेका छन् । केही दिन अघि मात्रै ससदको अधिवेशन अन्त्य गरिए पछि फेरी भेट भएको हो ।
भेटेर ओली बालुवाटार आईपुगेको र मन्त्रीहरु पनि बालुवाटार पुगीसकेका छन् । आज सहमति कायम गर्न प्रयास गर्ने भनेर स्थायी समिति रोकिए पनि ओलीले प्रचण्डलाई भेट्ने समय समेत नदिएको बताईन्छ ।
यसैबीच ओली कुनै पनि हालतमा नगल्ने देखिए पछि नयाँ रणनीति बनाउन प्रचण्ड निवास खुमलटारमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम सहित सचिवालयका अन्य सदस्यहरुबीच पनि छलफल भईरहेको छ ।
२२ गतेलाई स्थायी समितिको बैठक सारिए पनि नेताहरुले आ आफ्नो अनुकुल छलफल जारी राखेका छन् ।
तल्लो स्तरमा र दोस्रो तहका नेता भने पार्टी फुट्न लागेको चिन्ता सहित दवावमा उत्रिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ