सल्यान २० असार । सल्यानको त्रिवेणी गाँउपालिका ४ का वडाअध्यक्ष छवि शर्माले विदेशमा श्रीमान रहेकी एक महिलालाई मध्यरातमा वडा कार्यलयमै ल्याएर यौनजन्य कृयाकलाप गरेको भन्दै कार्बाहीको माग गरेका छन् । वडा कार्यालयमै यौनजन्य क्रियाकलाप गर्ने वडाध्यक्षलाई कारबाहीको माग गर्दै सल्यानमा स्थानीयहरुले वडा कार्यलयनै घेराउ गरेका छन् । असार १७ गते त्रिवेणी गाउँपालिका –४ का वडाध्यक्ष शर्मा वडा कार्यालयमै परस्त्रीसंग मध्यरातमा भेटिएपछि कारबाहीको माग उनीहरुले गरेका हुन् ।
श्रीमान विदेश रहेका ती महिलासंग लामो समयदेखि अबैध सम्बन्ध राख्दै आएको स्थानीयवासीको दाबी छ । वडाध्यक्ष शर्माले सोही दिन पनि घरबाट मोटरसाइकलमा राखेर लगेपछि स्थानीयले पिछा गर्दै आएका थिए । महिलालाई वडाध्यक्षले वडा कार्यलयमा लगेपछि स्थानीयले दुबैजना बसेको कोठामा बाहिरबाट चुक्कुल लगाईदिएका थिए । तर वडा अध्यक्षले प्रहरीलाई वडा कार्यलय तोडफोड भएको भन्दै खबर गरे पछि प्रहरी राति १ बजे पुगेको थियो ।
प्रहरीले वडा अध्यक्ष र ती महिलालाई राति नै ईलाका प्रहरी कार्यलयमा लगेको थियो तर पछि छाडिदिएको थियो ।
त्यस पछि स्थानीयले वडा कार्यलयमा जनप्रतिनिधिले नै यौनजन्य कृयाकलाप गर्ने वडा अध्यक्षलाई कार्बाही गर्नुको सट्टा उल्टै छाडिए पछि जनताले बिरोध स्वरुप वडा कार्यलय पुगेर आन्दोलन गरेका हुन् ।
आन्दोलन स्वरुप वडा कार्यलयमा स्थानीयले ताला नै लगाएका छन् ।
वडा अध्यक्ष बिरुद्ध असार १८ गते नै वडा कार्यलयमा यौनजन्य कृयाकलाप गरेको भन्दै मुद्धा दर्ता भईसकेको छ । वडा अध्यक्षलाई पक्रेर अनुसन्धान गर्ने तयारी भएको प्रहरीले जनाएको छ ।