असार २० काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमितको मृत्यु हुने क्रम बढेको छ । यसै क्रममा पछिल्लो पटक कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ ।
गोरखा पालुंगटार ७ का ४४ बर्षे पुरुषको आज बिहान ५ बजे गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनी कतारबाट नेपाल आएका थिए । उनी क्वारेन्टीनमा राखिएका थिए । उनी निमोनिया रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यस्तै रुपन्देहीका ७५ बर्षे बृद्धाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टी भएको छ । ती वृद्धको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा असार १७ गते मृत्यु भएको थियो । उनी क्षयरोगी थिए ।
यो सगँै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ जना पुगेको छ ।
यसैबीच गोरखामा कोरोना संक्रमणबाट मृत्यु भएका एक पुरूषको शव व्यवस्थापनमा स्थानीय बासिन्दाले अवरोध गरेपछि प्रहरीले अश्रुग्यास हानेको छ।
शनिबार अवुवास्थित लुदी र दरौंदी दोभान भेला भएका स्थानीय बासिन्दाको भीड तितरबितर पार्न प्रहरीले अश्रुग्यास हानेको हो। सात सेल अश्रुग्यास हानेर भीड तितरबितर पारिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।