समाचार प्रभावः कतारमा अलपत्र हानिफ नेपाल आईपुगे, भन्छन्- गाउँ पुगेर क्वारेन्टाइनमा बसेको छु

समाचार प्रभावः कतारमा अलपत्र हानिफ नेपाल आईपुगे, भन्छन्- गाउँ पुगेर क्वारेन्टाइनमा बसेको छु

  • शनिबार, असार २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं, २० असार । कतारमा अलपत्र परेका नवलपुर कावासोती कोईलापानीका मोहम्मद हानिफ मियाको नेपाल आईपुगेका छन् । मिर्मिरे अनलाईनमा समाचार प्रकाशित भएपछि हानिफलाई पाल्पाका मुस्लिम युथ क्लबका सदस्यहरुले टिकका लागि आर्थिक सहयोग गरेका थिए ।

हानिफ मिया कतारमा अलपत्र परेको बिषयमा असार १२ गते मिर्मिरे अनलाईनले समाचार प्रकाशन गरेको थियो ।
पाल्पा रामपुर मुस्लिम युवाहरुले स्वेच्छिक आर्थिक सहयोग गरे पछि सोही पैसाले टिकट काटेर हानिफ जुन ३० तारिखमा काठमाण्डौ आईपुगेका हुन् ।
समाचार पढे पछि कतारमै बस्दै आएका सो मुस्लिम युथ क्लबमा आवद्ध युवाहरुले उनलाई सम्पर्क गरेर सहयोग पठाए र सोहि रकमले टिकट काटेर नेपालई आईपुगेको हानिफले भने । हानिफलाई समाचार पढेपछि १४ सय बढी कतारी रियल सहयोग प्राप्त भएको थियो ।

नेपाल फर्किएपछि उनी आफै गाउँ पुगेर क्वारेन्टाइनमा बसेका छन् ।कतारबाट काठमाडौं झरेपछि पनि पैसा चाहिने रहेछ उनले भने, यहाँ मोहम्मद जाबेदले सहयोग गरे र आफ्नै गाउँ पुगेको छु ।

कावासोती कोईलापानीको सामुदायीक बनको भवनमा राखिएको उनले मिर्मिरेलाई बताए । आफुहरुलाई कुनै सुबिधा नदिएको र खानका लागि घरबाट खाध्यान्ह मगाएर खाईरहेको बताए ।

२०७६ साल बैशाख दुई गते रोजगारीका लागि कतार पुगेका थिए । तर गएको पाँच दिनमै बिरामी परे । त्यस पछि ८ दिन आईसियुमा बसेर उपचार गरे पछि कम्पनीले दुई महिना रेष्ट दियो । पछि सामान्य हेरचाहको जिम्मेवारी दियो ।
तर अहिले कोरोना पछि त्यही कम्पनी पनि बन्द भयो र उनले रोजगारी गुमाएको चार महिना बित्यो । यता उती मिलाएर उनलाई कम्पनीले नेपाल फर्कने टिकट पनि मिलाईदियो । तर लकडाउन र उडान बन्द भए पछि टिकट काटेर हातमा बोके पनि हानिफ नेपाल आउन पाएनन् । भारतीयद्धारा सञ्चालित फुड स्टपमा हानिफले काम गर्दै आएका थिए ।
उनले कम्पनीमै काम गर्ने भारतीय साथीहरुकोमा खाने गरेका थिए । उनले एम्बेसीमा धेरै गुहार लगाएका तर पनि उद्धार भएन । दतावासमा फोन गरेर बल्ल बल्ल उठ्यो भने फारम भर्ने भन्छ, फारम भरे पनि नाम आएन । धेरै जसो दुतावासको फोन नउठ्ने उनको गुनासो सहित अन्तत उनी मिडियामा आएका थिए ।

अख्तर अस्पतालमा उनको उपचार भएको थियो । उनले उद्धारका लागि धेरैतिर फोन गरीरहे पनि कसैले रेस्पोन्स गरेको थिएन । तर पहिला काटेको टिकटमा लगिदिनु पैसा छैन भन्दा पनि पैसा नभए यतै बस भन्ने गरेका थिए ।अन्तत मिर्मिरे अनलाईनको सम्पर्कमा पुगेका उनको उद्धार भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ