नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३३ पुग्यो, गोरखामा थप एक जनाको आज बिहान मृत्यु

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३३ पुग्यो, गोरखामा थप एक जनाको आज बिहान मृत्यु

  • शनिबार, असार २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

गोरखा, २० असार । नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट गोरखा अस्पतालमा मृत्यु भएको छ ।
पालुङटार नगरपालिका९ ७ पुर्नेपिपलबाट शुक्रबार गोरखा अस्पतालको आइसोलेशनमा भर्ना हुन आएका संक्रमितको शनिबार बिहान साँढे पाँचबजे मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ ।

कतारबाट गत मंगलबार पालुङ्टार आइपुगेका ४४ वर्षका उनी मधुमेह रोगका दीर्घरोगी रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
कोरोनाको जटिल लक्षण देखिएपछि उनलाई जीवनज्योति माविको क्वारेण्टाइनबाट ल्याई शुक्रबार राति १० बजे गोरखा अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो ।यो सँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ