के होला नेकपाको आजको स्थायी समितिको बैठकमा ?

के होला नेकपाको आजको स्थायी समितिको बैठकमा ?

  • शनिबार, असार २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

असार २० काठमाण्डौं । २०७५ साल जेष्ठ ३ गते तात्कालीन माओवादी र एमालेबीच पार्टी एकीकरण भएको दिन प्रचण्ड र ओलीले भनेका थिए, अब ५० बर्ष सम्म कम्युनिष्टको सरकार चल्ने छ । पार्टी एकता कसैले तोड्न सक्ने छैन ।
तर त्यसको २ बर्ष अलि बढी समय वित्न नपाउदै नेकपा भित्र राजनीतिक एवं सांगठनिक रुपमा विभाजनको अन्तिम विन्दुमा पुगेको छ । यसलाई ओली र प्रचण्ड माधव पक्षले एक अर्कालाई दोषारोपण गरीरहेका छन् ।
केही दिन अघि मदन जयन्तीका दिन बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका नया नक्सा ल्याए पछि भारत र आफ्नै पार्टीका नेताहरुले आफूलाई हटाउन खोजेको अभिव्यक्ति दिए पछि नेताहरुबीच शुरु भएके बिबादले उग्र रुप लिएको छ ।
त्यस पछि बसेको स्थायी समितिको बैठकमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतले राजीनामा मागे पछि ओली अल्पमतमा परेका थिए ।
तर बहुमत सदस्यहरुको प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनु पर्ने मागमा एक्लै भए पनि प्रतिरक्षा गर्दै उनले कुनै पनि हालतमा राजीनामा नदिने अडान लिएका छन् र त्यसमा उनी अझै उभिएका छन् ।
१८ असारमा बसेको स्थायी समितिको बैठकमा नआई ससदको बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गराए पछि झन क्रुद्ध बनेको प्रचण्ड नेपाल पक्षले ओली बिनै पनि केही समय बैठक चलाएर सहमतिका लागि कोशिस गर्ने भन्दै एक दिन समय राखेर आजका लागि बैठक बोलाएका थिए ।
आजको बैठकमा सहमति जुटाउने प्रयास स्वरुप हिजो तीन घण्टा लामो छलफलमा प्रचण्ड र ओली जुटे पनि सहमतिको नयाँ मार्ग चित्र फेला पारेका छैनन् ।
र उनीहरुबीच आज पनि स्थायी समितिको बैठक अघि छलफल गर्ने तय भएको छ ।
ओलीसगँको छलफल पछि प्रचण्डmे माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम सहितका नेताहरुसगँ छलफल गरेका थिए । बैठक बस्नुनस्, जे गर्ने हो गर्नुस् म कुनै पनि हालतमा पद छाड्दिन भनेर ओलीले सुनाएको ब्रिफिगं गरेका थिए ।
त्यस छलफल अनुसार आज पनि सहमतिको गुन्जायस नभए र ओली बैठकमा आएनन् भने पनि बैठक अगाडी बढाउने तयारी भएको बताईएको छ ।
हिजो दिनभर नेताहरुके सक्रियता, दोस्रो तहका नेताहरुले सहमतिका लागि दबाब दिन गरेको पहल, धुम्बाराहीमा केन्द्रीय सदस्यहरुको धर्ना र सडकमा ओलीका पक्षमा प्रदर्शन जस्ता कुराहरुले आजको स्थायी समितिको बैठकमा पार्टी एकता कायम राख्ने या विभाजनको रेखा कोर्ने भन्ने सन्दर्भमा कस्तो भूमिका खेल्ने हो त्यो भने हेर्न बाँकी छ ।
एक स्थायी समिति सदस्यले पार्टी विभाजन जनभावना विपरीत, अस्थीरताको कारक बन्ने भएकाले एकता कायम राख्न अझै प्रयास भईरहेको र जारी रहने दाबी गरे ।
स्थायी समितिको बैठक आज बिहान ११ बजेका लागि बोलाईएको छ ।
आजको बैठकमा पनि यदी ओली आएनन् भने त्यसले स्पष्ट विभाजनको रुपमा बुझ्न सकिने कतिपयले अथ्र्याएका छन् । स्थायी समिति अघि पनि थुप्रै छलफल चल्ने बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ