बालुवाटारमा ओली प्रचण्ड छलफल, धुम्बाराहीमा केन्द्रीय सदस्यहरुको भेला, भक्तपुरमा ओलीका पक्षमा प्रदर्शन

बालुवाटारमा ओली प्रचण्ड छलफल, धुम्बाराहीमा केन्द्रीय सदस्यहरुको भेला, भक्तपुरमा ओलीका पक्षमा प्रदर्शन

  • शुक्रबार, असार १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

असार १९ काठमाण्डौं । नेकपा भित्र विवादले चरम रुप लिएका बेला आज नेकपाका दुई अध्यक्ष केपी ओली र प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ । त्यस छलफलमा महासचिव विष्णु पौडेल र जनार्दन शर्मा पनि बसेका थिए । तीन घण्टा लामो छलफल भए पनि कुनै सहमति नभएको र छलफल जारी राख्ने सहमति भने भएको बताईएको छ । प्रचण्ड सहितका नेताहरुले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिन दबाब दिए पछि हिजो स्थायी समितिको बैठकमा समेत ओली नआए पछि बैठक भोली सम्मका लागि सारेर पार्टी एकता बचाउन गंभीर प्रयास गर्ने भनिएको थियो ।
सोही बमोजिम आज दुई नेताबीच छलफल भएको हो । यस छलफलमा आज पनि प्रचण्डले माओवादी र एमाले एक हुनु अघि २०७५ साल जेष्ठ २ गते भएको पाँच बुदे सहमतिको कुरा उठाएको बुझिएको छ । जुन सहमतिमा सरकारको नेतृत्व दुबै अध्यक्षले आवस्यकताका आधारमा गर्ने लगायतका समझदारी थियो ।
तर ओलीले आफू बिरुद्ध घेराबन्दी गरेको भन्दै आईपर्ने सबै चुनौतीको सामना गर्ने तर प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा नदिने स्पष्ट सन्देश दिईरहेका छन् ।
धुम्बाराहीमा केन्द्रीय सदस्यको भेला
पार्टी विभाजनको विभाजनको दिशामा जान नहुने भन्दै एकताका लागि दवाव दिन सय जना जति केन्द्रीय सदस्य र अन्य कार्यकर्ताहरु पार्टी मुख्यालय धुम्बाराहीमा भेला भएका छन् । भेलामा सहभागी केन्द्रीय सदस्यहरुले पार्टी एकता कायम राख्नु पर्ने, पार्टीलाई विधि अनुसार चलाउनु पर्ने लगायतका बिषयमा नेताहरुलाई दबाब दिन र खबरदारी गर्न भेला भएको जनाएका छन् ।
त्यस अघि आजै कृषि मन्त्री एवं स्थायी समिति सदस्य घनश्याम भुषालको निवासमा १० जना जति स्थायी समिति सदस्यहरु भेला भएर पार्टी एकता बचाउने बिषयमा छलफल गरेका थिए । यसमा ओली, प्रचण्ड र माधव समुहकै नेताहरु सहभागी भएर पार्टी एकता बचाउन दबाब दिने र भूमिका खेल्ने निर्णय गरेका थिए ।
भक्तपुरमा ओलीको समर्थनमा प्रदर्शन
आज भक्तपुरको सुर्य विनायकमा एक समुहले प्रधानमन्त्री ओलकिो फोटो सहितको ब्यानर बोकेर प्रदर्शन गरेका थिए । उनीहरुले ओलीलाई काम गर्न दिनु पर्ने , जनमत विपरीत सरकार गिराउने खेल भएको भन्दै नारा लगाएका थिए । यस अघि हिजो पनि माईतीघरमा प्रदर्शन भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ