देउवाले थर्काए आफ्नै विद्यार्थी नेतालाई, गाँउमा संगठन छैन , लाज लाग्दैन ? यस्तै पाराले प्रधानमन्त्री बन्न सक्नु हुन्छ भोली ?

देउवाले थर्काए आफ्नै विद्यार्थी नेतालाई, गाँउमा संगठन छैन , लाज लाग्दैन ? यस्तै पाराले प्रधानमन्त्री बन्न सक्नु हुन्छ भोली ?

  • शुक्रबार, असार १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

असार १९ काठमाण्डौं । तुलनात्मक रुपले सार्वजनिक रुपमा बोल्ने काँग्रेस सभापति शेर बहादुर देउवाले यस पटक आफ्नै भातृ संगठन नेविसंघका नेताहरुलाई थर्काएका छन् । उनले आफू नेविसंघको सभापति हुदाँ देशभर जीतेको र प्रधानमन्त्री समेत चार पटक भएको भन्दै नेताहरुलाई स्कुल स्कुलमा गाँउ गाँउमा संगठन नबनाएकोमा थर्काएका हुन् ।
नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६औं जन्म जयन्तीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवा नेविसंघले संगठन विस्तारमा काम नगरेको भन्दै आक्रोशित भएका हुन् ।
काठमाण्डौमा बस्यो, झगडा गर्यो संगठन बनाउनु छैन , लाज छैन , यस्तै पाराले भोली प्रधानमन्त्री बन्न सक्नु हुन्छ ? उनले प्रश्न गरे ।
कार्यक्रममा सामाजिक दुरी कायम नगरेमा पनि उनले बिरोध जनाएका थिए ।
नेविसंघले संगठन विस्तारमा ध्यान नदिएकै कारणले कम्युनिष्टहरुले चुनाव जितेको दाबी गर्दै देउवाले भने, ‘स्कुलमा नेविसंघ बनाउँदै बनाउँदैन् । अनि हारेको हार्‍यै छ । सबै ठाउँमा कहाँबाट कम्युनिष्टले जित्यो यहाँ रु कसरी जिते कम्युनिष्टहरु रु उनीहरुले गाउँगाउँमा संगठन बनाए । काठमाडौंमा आएर बढ्ता–बढ्ता भाषण गरेर केही हुनेवाला छैन । गाउँमा जाउ गाउँमा । गाउँमा बनाउ, गाउँको स्कुलमा बनाउ नेविसंघ अनि मात्र झगडा गर्न आउ । केही नगर्ने मसित कुरा गर्ने ?
नेविसंघ बलियो भए मात्रै काँग्रेस बलियो हुने देउवाको तर्क थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ