पार्टी एकता बचाउने प्रयासः प्रचण्ड ओली छलफलमा

पार्टी एकता बचाउने प्रयासः प्रचण्ड ओली छलफलमा

  • शुक्रबार, असार १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.9K
    SHARES

असार १९ काठमाण्डौं । चरम अन्तरविरोधका कारण संकटमा परेको पार्टी एकता बचाउन नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा छलफल जारी छ ।
हिजोको स्थायी समितिको बैठकमै नआई संसदको अधिवेशन अन्त्य भए पछि अझ विवाद बढेका बेला दुई नेता छलफलमा जुटेका हुन् ।
प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम सहित स्थायी समितिका बहुमत सदस्यले दुबै पदबाट राजीनामा मागे पछि ओली बैठकमै आएका थिएनन् । तर ओलीको निजी सचिवालयले कार्यव्यवस्तताका कारण बैठकमा आउन नसकेको भनेको छ ।
भोली बिहान ११ बजेका लागि स्थायी समितिको अर्को बैठक राखिएको छ ।
मदन जयन्तीका दिन गत आईतबार आफूलाई हटाउन भारत र पार्टीकै नेताहरु लागि परेपनि त्यो असंवभ रहेको बताए पछि आक्रोसित अन्य नेताले राजीनामा माग्न थालेका थिए ।
बहुमत सदस्यले राजीनामा माग्दा समेत ओली स्पष्ट रुपमा राजीनामा दिन र पार्टी अध्यक्ष छाड्न तयार नभए पछि सहमतिको नयाँ विकल्पको खोजीमा दुई अध्यक्ष जुटेका हुन् ।यस छलफलमा नेकपामा महासचिव विष्णु पौडेल र अर्का नेता जनार्दन शर्मा पनि सहभागी रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ