असार १९ काठमाण्डौं । पार्टीमा बहुमत नेताहरुले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा माग गरिरहेका बेला प्रधानमन्त्री ओलीले स्पष्ट सन्देश दिएका छन् म न प्रधानमन्त्री छोड्छु न प्रधानमन्त्री ।
यो सन्देश बिहिबार बालुवाटारमै अध्यक्ष प्रचण्ड र विष्णु पौडेलसगँ भएको भेटमा दिएका हुन् ।
अरु बिषयमा कुरा गर्ने भए म तयारै छु, तर प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिने बिषयमा कुरा नगरौँ, ओलीले प्रचण्डलाई स्पष्ट सन्देश दिएका थिए । स्रोतले भन्यो ।
त्यस अघि स्थायी समितिको बैठकमा राजीनामा मात्रै माग्न थालिए पछि ओली त्यस बैठकमै गएनन् बरु उनले बैठक बोलाईएको समयकै बीचमा एकै छिन मन्त्रीपरिषद्को बैठक राखेर ससदको बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गराए भने राष्ट्रपतिसगँ भेटघाट समेत गरे ।
अध्यक्ष ओलीलाई सवा घण्टा कुर्दा पनि उनी आउन नमाने पछि प्रचण्डले केही समय बैठक चलाए तर त्यसले पूर्णता पाउन सकेन । बीचमै ससंदको अधिवेशन अन्त्य गर्ने निर्णय भएको खबर पाउनासाथ प्रचण्ड बैठक रोकेर राष्ट्रपति निवास पुगेका थिए ।
त्यहाँ कुनै अध्यादेश आउन आँटेको हो कि हैन भन्ने छलफल गरे पछि अध्यादेश आउदैन भन्ने सन्देश लिएर प्रचण्डले फेरी बालुवाटरमै कुरेर बसेका स्थायी समितिका सदस्यहरुलाई ब्रिफिग गरे पछि एक दिन सहमतिको फेरी प्रयास गर्ने, पार्टीलाई फुटबाट जोगाउन प्रयास गर्ने भन्ने गरी शनिबार ११ बजे सम्मका लागि बैठक स्थगित गरिएको छ ।
पछिल्लो लगातार बसिरहेको बैठक र समुहगत र छुट्टा छुट्टै छलफलमा कुनै सहमति हुन नसके पछि नेकपा गंभीर संकटतिर गएको हो ।