२० गते सम्म रोकियो नेकपाको स्थायी समितिको बैठक

२० गते सम्म रोकियो नेकपाको स्थायी समितिको बैठक

  • बिहिबार, असार १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

असार १८ काठमाण्डौं । आज निकै उत्तारचढावका बीच पनि औपचारीक रुपमा बस्न नसकेको नेकपाको स्थायी समितिको बैठक २० गते बस्ने गरी स्थगित गरिएको छ ।
बिहान ११ बजे बोलाईएको बैठकमा पार्टीका मुख्य अध्यक्ष केपी ओली नै नआए पछि बैठक केही बेर अर्का अध्यक्ष प्रचण्डले सञ्चालन गरेका थिए ।
तर बैठककै बीचमा ससदको बजेट अधिवेशन अन्त्य सरकारले गरेको खबर आए पछि तत्काल बैठक रोकेर केही नेताहरुसगँ छलफल गरे पछि प्रचण्ड राष्ट्रपति निवासमा गएका थिए । त्यतिखेर सम्म अन्य स्थायी समिति सदस्यहरु बालुवाटारमै कुरेर बसेका थिए ।
प्रचण्ड फर्केर केही छलफल गरे पछि संकट समाधानका लागि थप प्रयत्न गर्ने भन्दै बैठक एक दिन बिराएर पर सारिएको एक नेताले बताए ।
प्रचण्ड सहितका अधिकाश शीर्ष नेता र स्थायी समिति सदस्यले राजीनामा मागे पछि ओलीले ससद अधिवेशन अधिवेशन अन्त्य गर्ने निर्णय गराए पछि आज बैठक अघि बढ्न सकेन ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘पार्टी एकतामा गम्भीर संकट देखा परेको छ । संकटबाट जोगाउन शनिबारसम्मका लागि दुवै अध्यक्ष र अरु नेताहरू प्रयास गर्ने गर्नुहुनेछ, त्यसका लागि एक दिनको समय राखेर बैठक स्थगित गरिएको हो ।’

श्रेष्ठका अनुसार आज मन्त्रिपरिषद् बैठक नबस्ने र संसद् अधिवेशन अन्त्य नगर्ने सहमति ओलीसँग भएको थियो तर बसेर संसद् अधिवेशन अन्त्य गर्नुभयो भनेर दाहालले स्थायी कमिटी बैठकमा ब्रिफिङ गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याइनसकेको बारे आफूलाई स्पष्ट पारेको पनि दाहालले स्थायी कमिटीमा सुनाएका थिए ।

बैठक स्थगित हुनु अघि ओली र दाहालबीच कुराकानी भएको थियो ।

आज जरुरी भेटघाट र कार्यव्यवस्तताका कारणले बैठकमा उपस्थित हुन नसकेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ