असार १८ काठमाण्डौं । आज पनि नेकपाको स्थायी समितिको बैठक केही बेर बसेर रोकिएको छ । त्यस बैठकमा नगएर प्रधानमन्त्री ओलीले ससदको बजेट अधिवेशन अन्त्य गर्ने सिफारीस गराए भने राष्ट्रपतिसगँ भेटवार्ता समेत गरे ।
त्यस पछि प्रचण्ड सहितका नेताहरु छलफल चलिरहेको छ । नेपालका कुनै पनि ठूला सञ्चार माध्यममा कुनै खबर आधिकारीक ढंगले नआए पनि आजै साझँ बजे पछि नेपालका प्रधानमन्त्रीले राजीनामा दिन सक्ने खबर भारतीय सञ्चार माध्यमले लेखेका छन् ।
दैनिक भाष्कर, नवभारत टाईम्स, आजतक लगायतले आज साझँ पाच बजे प्रधानमन्त्रीले देशका नाममा संवोधन गर्ने र राजीनामा दिन सक्ने खबर लेखेका छन् । भाष्करले नेपालके पिएमको भारत बिरोध भारी पडा शीर्षकमा लेखेको समाचारमा पनि आज राजीनामा आउन सक्छ भनेर लेखिएको छ ।
यस्तै नवभारत टाईम्सले नेपालमे आज शाम होने वाला है कुछ बडा ? शीर्षकमा ५ बजे संवोधन गर्ने र राजीनामाको घोषणा गर्न सक्ने समाचार लेखिएको छ ।

जब कि यस बारेमा नेपालका सञ्चार माध्यममा वा आधिकारीक स्रोतबाट कुनै सूचना सार्वजनिक भएको देखिदैन ।
प्रधानमन्त्री ओलीले गत आईतबार मदनभण्डारी जयन्तीका अवसरमा आफूलाई हटाउन भारत र पार्टी भित्रकै मान्छे लागि परेको बताए पछि नेकपा भित्र विवाद बढेको छ ।
भारतीय मिडियाले नक्सा ल्याउदा समेत ओलीलाई चीनसगँ जोडेर प्रचार गर्दै आएको थियो ।
ओलीको नेतृत्वमा नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्सा ल्याए पछि भारतले वार्ता गर्नुको साटो आलटाल गरीरहेका बेला यस्ता प्रचारहरु तीव्र बनेका छन् ।