चन्दा संकलन गरेर डडेल्धुरामा किनिएको पिसिआर मेसिनबाट आजदेखी परीक्षण सुरु

चन्दा संकलन गरेर डडेल्धुरामा किनिएको पिसिआर मेसिनबाट आजदेखी परीक्षण सुरु

  • बिहिबार, असार १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

डडेल्धुरा ,१८ असार। डडेल्धुरा अस्पतालमा पिसिआर प्रविधिबाट कोरोना परीक्षण सुरु भएको छ। नागरिकले चन्दा संकलन गरी खरिद गरिएको पिसिआर मेसिनबाट आजदेखि परीक्षण सुरु भएको हो।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष करुणाकर ओझाले बुधबार तयार भएको मेसिनमा आजदेखि परीक्षण शुरु भएको बताए।
यसअघि सेती प्रादेशिक अस्पतालमा परीक्षण भएको स्वाव नमूना सो मेसिनमा पुनः परीक्षण गरी गुणस्तर जाँच गरिएको ओझाले बताए।

आज डडेल्धुराको नवदुर्गा गाउँपालिकाबाट आएका ९ वटा नमूना परिक्षण हुँदैछन्।

अस्पतालमा पिसिआर मेसिन सञ्चालका लागि १२ जना कर्मचारी खटाइएको छ । जसमध्य ल्याव अफिसर ५ जना, ल्याव असिस्टेन्ट २ जना, सहयोगी २ जना, आएको नमुना इन्ट्री गर्न २ जना, रिपोर्ट इन्ट्री गर्न १ जना कम्प्युटर अपरेटर रहेका छन । आवश्यकता अनुसार अरु कर्मचारी पनि परिचालित गरिने अध्यक्ष ओझाले बताए।
मेसिनमा दैनिक तीन सय ८४ जनाको नमूना परीक्षण गर्ने क्षमता रहेको ओझाले बताए।
फाउण्डेशनलाई पिसिआर मेसिन खरिदका लागि व्यापारी, समाजसेवी, प्रवासी नेपाली लगायतले सहयोग गरिरहेका छन्।
फाउण्डेशनका अध्यक्ष श्याम तायलले सरकारले परीक्षणको दायरा बढाउन उदासिन भएका बेला सामाजिक स्तरबाट काम सुरु भएकोमा खुशी व्यक्त गरे।
सो मेसिन खरिदका लागि एक महिना पहिले ह्युमानिटी फाउण्डेशनले आर्थिक संकलन सुरु गरेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ