ओली नै उपस्थित नभए पछि नेकपा स्थायी समितिको बैठक रोकियो, ओली प्रचण्ड नेपाल सहितका शीर्ष नेताबीच छलफल चल्दै

ओली नै उपस्थित नभए पछि नेकपा स्थायी समितिको बैठक रोकियो, ओली प्रचण्ड नेपाल सहितका शीर्ष नेताबीच छलफल चल्दै

  • बिहिबार, असार १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

असार १८ काठमाण्डौं । नेकपा भित्रको विवादले गंभीर मोड लिईरहेका बेला आज प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली नै नआए पछि नेकपा स्थायी समितिको बैठक प्रचण्डले शुरु गरेका थिए । तर त्यही बेला संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय भयो भन्ने खबर आए पछि बैठकमा हलचल मच्चिएको थियो ।
त्यस पछि प्रचण्डले यस बिषयमा प्रधानमन्त्रीसगँ आफूले कुरा गर्ने भनेर बैठक रोकिएको एक नेताले बताएका छन् । त्यस पछि पनि ओली बैठकमा आउन नमाने पछि स्थायी समितिको बैठक रोकेर अहिले ओली, प्रचण्ड, माधव नेपाल,वामदेव गौतम, विष्णु पौडेल सहितका नेताहरु छलफलमा जुटेको खबर छ ।
११ बजे बस्ने भनेर बोलाईएको बैठकमा आउनुको साटो प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न गएर एक घण्टा पछि आएका थिए । त्यस पछि उनले मन्त्रीपरिषद्को बैठक बोलाएर संसदको चालु बजेट अधिवेशन अन्त्यको निर्णय गराएका छन् । त्यस पछि पनि उनी बैठकमा आएनन् ।
सवा घण्टा अध्यक्ष ओलीलाई कुर्दा पनि नआए पछि अर्का अध्यक्षले बैठक शुरु गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ