सरकारले संसदको अधिवेशन अचानक अन्त्य गर्ने निर्णय गर्यो , कारण के हो ?

सरकारले संसदको अधिवेशन अचानक अन्त्य गर्ने निर्णय गर्यो , कारण के हो ?

  • बिहिबार, असार १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

असार १८ काठमाण्डौं । ससंदको बैठक आउदो २२ गते बोलाईएको थियो । तर अचानक सरकारले आजैसाँझ ५ बजेबाट ससंदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले यो निर्णय गर्दै राष्ट्रपति समक्ष सिफारीस गर्ने निर्णय गरेको हो ।
यो निर्णय गर्नु अघि प्रधानमन्त्री ओलीले राष्ट्रपतिसगँ विहान भेटवार्ता गरेका थिए ।
यो आकस्मिक निर्णय पछि नेकपा भित्रको विवाद अझ बढ्ने आशंका गरिएको छ ।
यस अघि यसै अधिवेशनबाट एमसीसी अनुमोदन हुने प्रधानमन्त्रीले विस्वास गरे पनि पार्टी भित्र सहमति नहुदा र ससदको बैठक नै एमसीसी अनुमोदन गर्नु पर्ने समयसीमा असार १५ भन्दा पर सभामुख अग्नी सापकोटाले धकेलिदिएका थिए ।
स्थायी समितिको बैठक ११ बजे बोलाईएको थियो बालुवाटारमै तर मन्त्रीपरिषद्को बैठक १२ बजे बोलाएर प्रधानमन्त्री ओलीले यस्तो निर्णय गराए भने यही बीचमा राष्ट्रपतिकोमा समेत आजै पुगेर भेटवार्ता गरे पछि प्रचण्ड, नेपाल, खनाल र गौतम थप अचम्मित भएको स्रोतको दाबी छ । आफ्नो राजीनामाको माग भईरहेका बेला ओलीले चालेको यो कदमलाई अन्य नेताले आफू अनुकुल परिस्थिति बनाउने योजनाको रुपमा बुझेको एक नेताले दाबी गरेका छन् ।
यस पछि अहिले स्थायी समितिको बैठक भने जारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ